नक्कली पत्रले लाइसेन्स नेपालीकरण गर्ने यातायातका दुई कर्मचारी पक्राउ



काठमाडौ । नक्कली कागजपत्रका आधारमा लाइसेन्स नेपालीकरण गर्ने यातायातका दुई कर्मचारी पक्राउ परेका छन । विदेशी लाइसेन्स नेपालीकरणको नाममा भ्रष्टाचार गरेको आरोपमा यातायात व्यवस्था कार्यालय सुकेधाराका उपचसविव र शाखा अधिकृत पक्राउ परेका हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार सुकेधारा कार्यालयका प्रमुख सुन्दर भट्टराई र अधिकृत यमलाल ढकाललाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्