रानीपोखरीको पुनर्निर्माण स्थगित, पुरानै शैलीमा निर्माण गरिने



काठमाडौं । रानीपोखरीको विवादास्पद पुनर्निर्माण स्थगित भएकोे छ । काठमाडौं महानरपालिकाले मल्लकालीन पुरानै शैली, स्वरुप र निर्माण समग्री प्रयोग गरेर बनाइने निर्णय गरेको छ । महानगरका मेयर, उपमेयर, पुनर्निर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका महानिर्देशक सहितको बैठकले रानीपोखरीलाई प्रताप मल्लकालीन पुरानै शैली, स्वरुप र निर्माण समाग्री प्रयोग गरेर निर्माण गर्ने निर्णय गरेको हो । यसबारे अध्ययन गरी १५ दिनभित्र सुझाव दिन विज्ञ समिति बनाइएको छ । पुरातत्वका पूर्व महानिर्देशक विष्णुराज कार्की संयोजक रहेको समितिको सल्लाहकारमा रक्षामन्त्री भीमसेनदास प्रधान, पूर्वमेयर केशव स्थापित रहेका छन ।

प्रतिक्रिया दिनुहोस्