कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि, चुनावको समिक्षा गर्न देउवा तयार



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी समिक्षाका लागि तयार भएका छन । उनले भोलि बिहानका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । प्रदेश र प्रतिनिधिसभा चुनावमा नराम्रो पराजय व्यहोरेको कांग्रेसको बैठक निर्वाचनपछि पहिलो पटक बस्न लागेको हो । भोलि विहान ८ बजे बालुवाटारमा बैठक बोलाइएको छ । बैठकमा प्रदेशका समानुपातिक सदस्य चयनका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्