बामदेब गौतमको किन हारे ? यस्तो भन्छ अध्ययन प्रतिबेदन

0
Shares

बर्दिया । एमाले उपाध्यक्ष वामदेव गौतम प्रतिनिधिसभा निर्वाचनमा पराजय हुनुको कारण पत्ता लगाउने टोलीले दोस्रो पटक पुनः छानविन गर्ने भएको छ । पहिलो चरणमा स्थानीय अन्तर्विरोध र उम्मेदवार आफ्नै कार्यशैलीले हारमा मलजल पुर्‍याएको निष्कर्ष निकालेको छ ।

वामगठबन्धनको एक सुत्रधार मानिएका उपाध्यक्ष गौतम आफ्नै क्षेत्रमा थोरै मतको अन्तरालले पराजित भएको विषयलाई लिएर केन्द्रबाट गठित केन्द्रीय सदस्य वैजनाथ चौधरीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन भएको छ। सदस्यमा प्रदेश कमिटी सचिव भुमीश्वर ढकाल र कार्यालय सचिव गोपाल भट्टराईको सदस्य रहेको समितिले तीन दिन स्थानीय तवरमा सोधपुछ गरि प्रतिवेदन तयार पारेको एमाले जिल्ला पार्टी स्रोतले बर्ताको छ ।

पार्टीका एक नेताले उक्त प्रतिवेदन केन्द्रमा समेत पठाइएको र पुनः छानविन गर्नुपर्ने भनि काम थपिएको जानकारी दिए। संयोजक चौधरीले यसै साताबाट पराजयको कारण पत्ता लगाउन पुन काम थालिने र त्यसका लागि बर्दिया आउने जानकारी दिए। ‘छानविन सकिएन। आन्तरिक र बाहिरी अन्तरघात भएको वा के कारणले हार भएको बारे पुरै निष्कर्ष निकाल्ने छौं, संयोजक चौधरीले बताए।

पार्टी स्रोतले जिल्लाका अध्यक्ष हरिप्रसाद ज्ञवालीलाई गुलरिया, पुर्ण शर्मालाई बर्दिया, पूर्व सांसद श्याम ढकाललाई बढैयाताल लगायत सिमित क्षेत्रको जिम्मा दिएको, परिचालनमा गौतमले ध्यान नदिएको जस्ता कारण समेत पहिलो चरणको छानविनमा देखिएको जानकारी दियो।