रेशम चौधरीलाई साँसद बन्न सर्वोच्चले रोक्यो



काठमाडौं । कैलाली टीकापुर घटनाका अभियुक्त रेशम चौधरीको सांसद पद रोकिएको छ ।
फरार अवस्थामै कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी चौधरीले निर्वाचित प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै दर्ता गरेको रिट सर्वोच्च अदालत प्रशासनले  दरपीठ गरेपछि परेको निवेदनमा न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले रजिष्टारको आदेश कानुनसम्वत भएको फैसला सुनाएको छ ।
फैसलामा चौधरीलाई कर्तव्य ज्यान मुद्धाको अभियोग लागेको र अदालतबाट जारी भएको वारेन्ट तथा म्यादी पूर्जी अवज्ञा गरेको देखिएको  उल्लेख गरिएको छ । सर्वोच्चले चौधरीलाई जुन सुकैबेला पक्राउ गरेर अदालतमा उपस्थित गराउन आदेश दिइएको छ ।
फैसलामा अदालतको प्रक्रिया अवज्ञा गर्नेलाई राज्यबाट प्रदान गगरिने न्याय तथा कानूनी सुविधा नहुने समेत उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्