फुङ्लिङ नगरपालीकाका मेयर लाई कारवाहि, भुपेन्द्र र उर्मिलाई स्पस्टिकरण



रविन भट्टराई, ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पाटिलाई असहयोग गरेको भन्दै फुङ्लिङ नगरपालीकाका मेयर समेत रहेका जिल्ला कमिटि सदस्य छत्रपति प्याकुरेललाई साधारण सदस्य समेत नरहने गरी कारवाहीका लागि सिफारिस गर्ने निर्णय छ ।
शुक्रबार र शनिवार दुई दिन बसेको जिल्ला कमिटिको बैठकले आफ्नै पाटिका उम्मेदवारलाई भोट नमागी अर्कै पार्टिका उम्मेदवारलाई भोट मागेको र पाटि र उम्मेदवारको गलत प्रचार गरेको भन्दै प्याकुरेललाई साधारण सदस्य समेत नरहने गरी कारवाहिका लागि प्रदेश कमिटि समक्ष सिफारिस गर्ने निर्णय गरेको एमालेले बताएको छ ।

नेकपा एमालेका तर्फबाटनै फुङ्लिङ नगरपालिकाको उम्मेदवार बनाई स्थानिय तहको निर्वाचनमा प्याकुरेललाई विजयी गराउन पाटिले भुमिका खेले पनि प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा उठेका उम्मेदवारको गतल प्रचार गरी पाटिलाई क्षति पु¥याउने काममा संलग्न भएको देखिएकाले जिल्ला कमिटिको बैठकले प्रदेश कमिटिमा साधारण सदस्य समेत नरहने गरी कारवाहिको सिफारिस गरीएको जिल्ला कमिटि अध्यक्ष बलबहादुर साम्सोहाङले जानकारी दिनुभयो ।

छत्रपति प्याकुरेललाई यस अघि पनि २०७० सालमा पनि पाटि हित विपरित कार्य गरेको भन्दै जिल्ला कमिटिले निलम्बन गर्न माथिल्लो तहमा सिफारिस गरेको थियो । तर माथिल्लो कमिटिले सो निर्णय बदर गर्दा प्याकुरेल एमालेमानै रहेका थिए । पयाकुरेल एमाले प्रदेश गर्नु पुर्व राप्रपा पाटिमा रहेका थिए ।

यस्तै सोहि बैठकले पुर्व संसद भुपेन्द्र थेबे र उर्मिला थेबेलाई पनि स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । उनिहरुले पनि चुनावमा पाटि निति विपरित कार्य गरेको भन्ने कार्यकर्ताबाट गुनासो आएकाले सो निर्णय भएको साम्सोहाङको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्