मार्भल ब्रान्डका उत्पादन बजारमा

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
मार्भल टेक्नोप्लास्टले डिस्ट्रिब्युटर र डिलरलाई मार्भल ब्रान्डका पाइप तथा फिटिङ उत्पादनको जानकारी दिएको छ। बिहीबार काठमाडौंमा आयोजित ‘मार्भेलस नाइट’को आयोजना गरी कम्पनीले आफ्नो उत्पादनको जानकारी दिएको हो।

द लुब्रिजोला कर्पोरेसन, यूएसएको लाइसेन्स लिएर नेपालमा अन्तर्राष्ट्रिय पाइप तथा फिटिङ उत्पादन गर्दै आएको मार्भल टेक्नोप्लास्टले आयोजना गरेको ‘मार्भलस नाइट’मा मुलुकभरका ५ सयभन्दा बढी डिस्ट्रिब्युटर र डिलर सहभागी रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा टेक्नोप्लास्टका उपाध्यक्ष पवनकुमार सञ्चेतीले आर्थिक विकासँगै निर्माण कार्यले समेत गति दिने वातावरण बन्न लागेको बताउनुभएको थियो। यस्तो अवस्थामा निर्माण सामग्रीको बजार बढ्ने बताउँदै उहाँले उपभोक्तासम्म गुणस्तयुक्त पाइप तथा फिटिङ पु¥याउने अभियानमा सबै डिलर र डिस्ट्रिब्युटरको रायसुझावका आधारमा कम्पनी योजनाबद्ध ढंगले अगाडि बढ्ने घोषणा गर्नुभयो।

छोटो समयमै बजारमा कम्पनीको सशक्त उपस्थितिप्रति गर्व गर्दै मार्भल टेक्नोप्लास्टले अहिलेको प्रतिस्पर्धी बजारमा उपभोक्ता मार्भल ब्रान्डप्रति नै बढी भरोसा गर्ने स्थिति बन्दै गएको ठहर गरेको छ।

अहिले मार्भल ब्रान्डका सातवटा उत्पादन बजार छन्। यी सबै उत्पादनहरू इको–ग्रीन र लिड फ्रि छन्। यसले वातावरणलाई कुनै हानी नोक्सानी नगर्नुका साथै मानव स्वास्थ्यमा असर नगर्ने कम्पनीको दाबी छ। नेपालमा लिड फ्रि सीपीभीसी पाइप उत्पादन गर्ने मार्भल पहिलो कम्पनी पनि हो।