कास्की । कास्की जिल्ला मादी गाउँपालिकाको भाचोक मकै खोलामा ना ३ ख ७४३६ नम्बर को यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मादी गाउँपालिका– ९ का ४० वर्षीय पदम नेपालीको घटनास्थलमै मृत्यु भएको छ भने अन्यको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अन्य नौ जना घाइते भएका छन् । घाइते हुनेहरुमा वस चालक वर्ष ३० का अमृत गुरुङ, ३५ वर्षकी ज्योती गुरुङ, २२ वर्षकी छायाँ नेपाली, ४० वर्षका बिजुली गुरुङ लगायत रहेका छन् ।
दुर्घटनामा पाँच जना घाइतेलाई उद्वार गरिएको ट्राफिक प्रहरी सई जितजङ्ग कार्कीले जानकारी दिए । पोखराबाट मादी गाउँपालिकाको भाचोक मकैखोलातर्फ जाँदै गरेको उक्त बस सडक भासिएर करिब ४० मीटर तल खसेको छ ।











प्रतिक्रिया