काँग्रेस गुल्मीले किन हार्यो ? कारण सहित

0
Shares

अनिल खत्री, गुल्मी । नेपाली काँग्रेस गुल्मीले हालै सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा जिल्लामा हार्नुको कारण मुख्य गरि बाम गठबन्धन करक तत्व रहेको निष्कर्ष निकालेको छ । काँग्रेस गुल्मीले शुक्रवार सदरमुकाम तम्घासमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा जिल्लाका पार्टी सभापति भुवन प्रसाद श्रेष्ठले जिल्लामा पार्टीले हार्नुको मुख्य कारण बामगठबन्धनको बलियो मत रहेको बताए ।
पार्टी भित्र स्थानिय तह निर्वाचनमा केहि मतभेद भएपनि यसपटकको निर्वाचनमा एक ढिक्का भएर अघि बढेको बताए । जिल्लामा ६५ प्रतिशित मत बाम गठबन्धनको मत रहेको र लोकतान्त्रिक गठबन्धन प्रभावकारी नभएको कारणले पनि पराजय भोक्नु परेको निष्कार्ष निकालेको श्रेष्ठले बताए ।
पार्टी सभापतिले जिल्लामा काँग्रेसको नेतृत्वमा भएका असल कामहरु पनि जनता माझ लैजान नसक्नु पनि हारको कारण रहेको बताए । स्थनिय तह निर्वाचनमा धेरै ठाउँमा गिरेको मानशिकतालाई हटाउन नसकिएको उनले बताए । बिपक्षीहरुले फैलाएका भ्रमलाई पनि चिर्न नसक्नु अर्को कारण रहेको श्रेष्ठले बताए ।
केन्द्रिय नेतृत्वले अबलम्बन गरेका न्यायदिश, राजदुत नियुक्ति,नाकाबन्दीको बेला खेल्नु पर्ने भुमिका जस्ता मुख्य घटनाहरुमा पार्टीले केहि त्रुटी गरेको श्रेष्ठको भनाई रहेको छ । प्रतिनिधी सभा निर्वाचन र प्रदेश सभाको निर्वाचन २ चरणमा हुनुपर्ने बताए ।
पार्टी रणनितिक रुपमा चुकेयो उनले भने ‘हाम्रो पक्षमा जनमत भएको ख्याल भएन् ।’, पार्टीका मुख्य ब्यक्तिबाटै बाम गठबन्धनले अधिनायक वाद ल्याउन, रुन नपाईने जस्ता अभिव्यक्तिले पार्टीलाई झनै कम्जोर बनाएको निष्कर्ष निकालेको श्रेष्ठले बताए ।
जिल्लामा पार्टीले पराजय भोगेपनि समानुपातिक तर्फ सम्मान जनक मत पाएको बताए । जिल्ला पार्टीले २ वटै निर्वाचन क्षेत्रमा गाउँगाउँमा पुगेर मतदातासँग धन्यवादसँगै संगठन सुदृढिकरणच अभियान चलाउने बताए ।