नुवाकोटका म्यादी प्रहरीको विदाइ

0
Shares

नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ को लागि नुवाकोटमा भर्ना गरिएको १२ सय ७४ म्यादि प्रहरीको आज विदाइ गरिएको छ । म्यादी प्रहरीहरुलाई प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव, श्रीनाथ गण देविघाट व्यारेकका गणपति रोहित गुरुङ र जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख.वसन्त बहादुर कुबँरले विदाइ गर्नुभयो ।

नुवाकोटमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्त र मर्या्दित तरिकाले निर्वाचन सम्पन्न हुनुमा म्यादी प्रहरीको भुमिका सराहनिय रहेको प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले बताउनुभयो ।
त्यस्तै विदाई कार्यक्रमलाई संवोधन गर्दै जिल्ला प्रहरी प्रमुख वसन्त बहादुर कुबँरले आगामी दिनहरुमा म्यादि प्रहरीहरुबाट सुरक्षा निकायलाई सहयोग पुग्ने आशा व्यत्त गर्दै म्यादी प्रहरीहरुको उज्जवल भविष्यको कामना समेत गर्नुभयो ।
नुवाकोटमा निर्वाचन सु्रक्षाको लागि १२ सय ७४ म्यादी प्रहरी भर्ना गरिएको थियो । म्यादी प्रहरीलाई प्रंशसा—पत्र बितरण सहित आज गरि बिदाई गरिएको ।