राजविराजमा १५ औं अन्तराष्ट्रिय मैथिली सम्मेलन शुरु

0
Shares

शिवहरीप्रसाद भट्टराई, राजविराज । मैथिली भाषाको राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा पहिचान, विस्तार, संरक्षण, संवद्र्धन र यसकालागी उचित वातावरण तयार गर्ने उद्देश्यले सप्तरी सदरमुकाम राजविराजमा शुक्रबार देखि दुई दिने १५ औं अन्तराष्ट्रिय मैथिली सम्मेलन शुरु भएको छ ।
सम्मेलन मैथिलीभाषा, साहित्य, कला, संस्कृतिको संरक्षण, संवद्र्धन र उत्थानका लागी कोशेढुंगा सावित हुने आयोजक मैथिली साहित्य परिषद् सप्तरीले विश्वास लिएको छ । ‘‘प्रदेश नं. २ वासी के आशा ः मैथिली हो राज्य के भाषा’’ (प्रदेश नं. २ वासीको आशा, मैथिली हुनपर्छ राज्यको भाषा) प्रमुख नाराका साथ शुरुभएको सम्मेलनको एक भव्य समारोह बीच प्रमुख अतिथी नागरीक उड्डयन तथा संस्कृति पयर्टन मन्त्री जितेन्द्र नारायण देवले पानसमा दिप प्रज्जवल्न गरी उदघाटन गरेका छन् ।
सो अवसरमा उनले ऐतिहासीक र समृद्धता रहेको मैथिली भाषा साहित्यको संरक्षण र संवद्र्धनमा जोड दिदै यसका लागी आपूmले पनी आफ्नो स्तरबाट हर सम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
१५ औं अन्तराष्ट्रिय सम्मेलन समितिका संयोजक सुभचन्द्र झाको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा अन्तराष्ट्रिय मैथिली सम्मेलनको संस्थापक महासचिव वैद्यनाथ चौधरी (वैजु), अन्तराष्ट्रिय मैथिली सम्मेलनका नेपाल प्रभारी एव् मैथिली भाषाका अभियानी रामभरोस कापडी (भ्रमर), वरिष्ठ राजनीतिज्ञ खुशिलाल मण्डल, मैथिली समाज नेपाल बुटवलका अध्यक्ष मुखिलाल चौधरी, डा. रेवतीरमण लाल, डा. दिपक झा, मैथिली साहित्य परिषद् सप्तरीका अध्यक्ष अशोक झा, भारतका मैथिली अभियानी डा. वचकुन पासवान लगायतले पनी सम्बोधन गर्दै मैथिली भाषा र संस्कृतिको जर्गेनामा जोडदिएका थिए ।
कार्यक्रम आयोजक समितिका सदस्य सचिव श्यामसुन्दर यादवद्वारा उदघोषण गरीएको कार्यक्रमको बीच–बीचमा मैथिली भाषा, संस्कृती र कलाको महत्व झल्कीने सदेशंमुलक सांस्कृतीक कार्यक्रम समेत प्रस्तुति गरीएको थियो ।
सम्मेलन स्थलमा मैथिली भाषाका विद्धान लेखकहरुद्वारा लेखिएको विभिन्न कृतिहरुको स्टल पनी राखिएको छ । उद्घाटन समारोहका व्रmममा मैथिली भाषा संस्कृति र कला क्षेत्रमा योगदान पु¥याउने नेपाल र भारतका मैथिली अभियानीहरुलाई मिथिला रत्न र मिथिला श्री पुरस्कारबाट सम्मान गर्नुका साथै मैथिली भाषामा लेखिएका विभिन्न नयाँ कृतिहरुको विमोचन पनि गरियो । सम्मेलनमा नेपाल र भारतका गरी २ सय भन्दा बढी मैथिली अभियानी अगुवाहरुको सहभागीता छ ।
सम्मेलन शुरुहुन भन्दा पूर्व स्थानीय पव्लिक विन्देश्वरी मावि विद्यालयबाट हजारौको संख्यामा मिथिला संस्कृति र कला झल्कीने झाँकी सहित सहभागिद्वारा नगरको विभिन्न भागको परिक्रममा गरिएको थियो ।
दुई दिन सम्म चल्ने सम्मेलनको दोस्रो दिन शनिबार विचार गोष्ठीको आयोजना गरी प्रदेश नं. २ मा मैथिली भाषालाई कामकाजको भाषा बनाउनुपर्ने विषयमा केन्द्रित भई कार्यपत्र प्रस्तुत गर्ने, नेपाल र भारतका विश्ष्टि कवि र कवियत्री को सहभागितामा कवि गोष्ठी र सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने तय भएको सम्मेलनका प्रभारी रामभरोस कापडीले जानकारी दिएका छन् ।
यस्तै सम्मेलनको अन्त्यमा मैथिली भाषा, साहित्य, संस्कृती र कलाको उत्थान को उचित अवसर र सम्मानका लागी सार्वजनिक प्रस्ताव पारित गर्दै राजविराज घोषणा पत्र जारी गर्ने कार्यक्रम समेत रहेको आयोजक मैथिली साहित्य परिषद् सप्तरीले जनाएको छ ।