‘प्रदेशको राजधानी लागि दाङमा पूर्वाधार पर्याप्त’

94
Shares

नरेन्द्र केसी, दाङ । दाङमा प्रदेश राजधानी राख्न सबै पूर्वाधार प्रयाप्त रहेको निष्कर्षसहितको प्रतिबेदन सरकारी अध्ययन टोलीले तयार पारेको छ ।
मध्यपश्चिमाञ्चल क्षे त्रीय प्रशासक एवं प्रदेश राजधानी सम्भाव्य स्थानको पहिचान, अध्ययन तथा बिश्लेषण समितिका संयोजक सुरे श प्रधान नेतृत्वको टोलीले दुई दिन लगाएर भौतिक पूर्वाधार र संरचनाको अध्ययन निरीक्षण गरेर प्रदेश राजधानीको लागि दाङ उपयुक्त भएको निश्कर्ष सहितको प्रतिबेदन तयार पारेको हो ।
जिल्लाको देउखुरी, घोराही र बेलझुण्डीमा गरिएको निरिक्षण तथा अध्ययनबाट राजधानीका लागि आबस्यक भौतिक संरचनाहरु प्रयाप्त र तयारी अबस्थामा रहेको निष्कर्ष निकालिएको समितिका सदस्य सचिव भवन डिभिजन कार्यालय दाङका प्रमुख राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
टो लीले  ने पाल संस् कृत विश्वविद्यालय के न्द्रीय कार्यालय बे लझुण्डीमा रहेको आयुर्वेद अध्ययन संस्थानको  नव निर्मित एक सय आठ कोठाको  सुविधा सम्पन्न भवनलाई प्रदेससभा हल, सात वटा मन्त्रालय, सभामुख, उपसभामुख कक्ष, मुख्य मन्त्रीको कक्ष र संसदिय दलका कार्यालय बनाउन उपयुक्त रहेको निष्कर्ष निकालेको छ । त्यसैगरी, घोराहीमा जिल्ला समन्वय समितिको कार्यालयमा प्रदेस प्रमुखको कार्यालय, कृषि विकास बैंकको आबस कक्षलाई मुख्यमन्त्रीको आबासका रुपमा प्रयोग गर्न सकिने प्रतिबेदन तयार भएको छ ।
‘दाङलाई पाँच नम्बर प्रदेशको  राजधानी घोषणा गरिए आवश्यक पनेर्  प्रदेश प्रमुखको  कार्यालय, मुख्यमन्त्रीको  कार्यालय र प्रादे शिक विभिन्न सातवटा मन्त्रालय, प्रदेशसभा भवन र उनीहरुका लागि आवश्यक पर्ने आवास क्षेत्रका लागि सम्भाबित भौतिक संरचनाको  निरीक्षण गरी प्रतिवेदन तयार गरेका सदस्य सचिब पाण्डेले बाउनुभयो । प्रदेश स्तरीय गृह, अर्थ, कृषि सहकारी पशु सेवा तथा भुमि व्यवस्था, पूर्वाधार बिकास, वन बिज्ञान तथा बाताबरण, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय रहने छन् ।
अध्ययन टोलीले तत्कालका लागि पूरानै  संरचनाहरुको  निरीक्षण गरिए पनि भविष्यमा आवश्यक पनेर्  संरचना निर्माणका लागि सरकारी खाली जमिन प्रसस्त रहेकाले पनि समस्या नदेखिएको निष्कर्ष निकालेको छ । सात वटै प्रदेश मध्य पाँच नम्बर प्रदेशको राजधानी दाङमा तोकियो भने यहाँ कुनै समस्या छैन पाण्डेले भन्नुभयो, प्रदेशसभा, मन्त्रालयलगायतका संरचना बे लझुण्डीमा र अन्य स्थानका सरकारी भवनहरुलाई निवासका रुपमा प्रयोग गर्न तयारी अबस्थामा छन् ।
राजधानी माग गर्दै दैनिकजसो प्रदर्शन
दाङमा प्रदेश राजधानीको मागसहित दैनिकजसो प्रदर्शन हुने गरेको छ । शुक्रवार बेलझुण्डी क्षेत्रमा प्रदर्शन गरिएको छ । स्थानीयस्तरमा गठिन समितिको अगुवाइमा सयौंजनाले प्रदर्शन गरेका हुन् । बिजौरी र दुधराशबाट शुरु भएको सभा नेपाल संस्कृत विश्वविद्यालयको प्रांगन बेझुण्डीमा आएर सभामा परिणत भएको थियो । सभालालाई दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कृष्णबहादुर महरा र दाङ २–२ का प्रदेश सांसद अमरबहादुर डाँगीले सम्वोधन गर्नुभएको थियो ।