चिसो कारण जोमसोम–कोरला सडक निमार्ण काय रोकियो

0
Shares

नेपाल समाचारपत्र, पर्वत । अत्याधिक चिसोका कारण काम गर्नै नसक्ने अवस्था आएपछि उत्तर—दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना, कालिगण्डकी करिडोर अन्तर्गत जोमसोम–कोरला सडक खण्डको काम स्थगित भएको छ ।
ईन्जिनीयर जगत प्रजापतिका अनुसार मौसम अत्याधिक चिसो भएर काम गर्न सक्ने अवस्था नरेहपछि जोमसोम–कोरला खण्ड अन्तरगत १ सय १० किलोमिटर सडकको निर्माण कार्यस्थगित भएको हो । मुस्ताङ जिल्लामा ७ खण्डमा बिभाजित गरी सडकको काम भैरहेकोमा ५ ओटा खण्डको काम रोकेर २ खण्डमा मात्र काम भैरहेको छ । मुस्ताङ सदरमुकाम जोमसोम देखि झैते सम्मको ५२ किलोमिटर सडकको ४ खण्ड र झैते देखि कोरला सम्मको ५८ किलोमिटर सडकमा ३ खण्ड गरी निमार्ण भैरहेको सडकमा हिमपातका कारण झैते–कोरला खण्डको ५८ किलोमिटर सडकको १ खण्ड र जोमसोम–झैते सडकको १ खण्ड बाहेक बाँकी सबै ५ खण्डको निर्माण कार्य स्थागित गरिएको छ ।
यता बेनी देखि जोमसोम खण्डको ७६ किलोमिटर सडकमा भने धमाधम निमार्ण कार्य भैरहेको छ । आर्थिक बर्ष ०७२÷०७३ को असारदेखि सुरु भएको जोमसोम–कोरला सडकको निमार्ण कार्य डेढ वर्षमा करिव ३० प्रतिशत मात्र सम्पन्न भएको छ । आयोजनाले मुस्ताङ खण्डको सडकलाई २ बर्षमा पूरा गर्ने लक्ष्य सहित काम शुरु गरेको भएपनि तोकिएको अबधिमा भने काम नहुने देखिएको छ । वर्षा याममा कालिगण्डकी नदीमा आउने बहाब र हिउँदमा चिसो र हिमपातका कारण निर्माण कार्य सहज रुपमा अघि बढ्न नसकेको ईन्जिनीयर प्रजापतिले जानकारी दिए ।