मतपरिणाम उल्ट्याउन माग गर्दै कांग्रेसका दुई नेता सर्वोच्चमा, संवैधानिक इजलाशमा सुनुवाइ जारी

0
Shares

काठमाडौँ । भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजित भएका नेपाली कांग्रेसका दुई उम्मेदवार सर्वोच्च अदालतमा पुगेका छन । नेपाली कांग्रेसका नेता दिपक खड्का र युवानेता प्रदीप पौडेल मतपरिणाम उल्ट्याउन माग गर्दै सर्वोच्च पुगेका हुन । खड्का संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर १ मा नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमसँग पराजित भएका थिए भने तनुहँ क्षेत्र नम्वर १ को प्रदेशसभा (क) मा उम्मेदवार बनेका पौडेल ५ मतले माओवादी केन्द्रकी उम्मेदवार तथा बिना विभागीय मन्त्री आशा कोइरालासँग पराजित भएका थिए । मुद्दामा प्रधानन्ययाधीश नेतृत्वको संवैधानिक इजलाशमा सुनुवाइ भइरहेको छ ।