कांग्रेसको केन्द्रीय समिति नबोलाए हस्ताक्षर संकलन गर्ने शेखर कोइरालाको चेतावनी

0
Shares

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी केन्द्रीय समितिको बैठक तत्काल नबोलाए हस्ताक्षर अभियान चलाउने चेतावनी दिएका छन । नेपाल प्रेस युनियनले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एक हप्ताभित्र केन्द्रीय समितिको बैठक नबोलाए हस्ताक्षर अभियान संकलन गर्न बाध्य हुने बताए । डा. कोइरालाले प्रतिनिधि र प्रदेशसभामा पार्टीले भोगेको पराजयको समिक्षा गर्न, राष्ट्रिसभा गठन विवादमा आधिकारिक धारणा बनाउन र आगामी दिनमा महासमितिको बैठक बसाउन पनि तत्काल केन्द्रीय समिति बैठक आवश्यक रहेको बताए ।