स्थानीय जुर्मुराएपछि रुपाकोट मझुवागढी नगरपालिका फोहोरमुक्त

0
Shares

रामधन राई, खोटाङ ।
खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले शुरु गरेको बृहत सप्ताहब्यापी सरसफाई अभियानमा स्थानीयको स्वस्फुर्त सहभागिताले नगर फोहोरमुक्त भई सफा र सुन्दर बन्दै गएको छ । ‘पुरानो फोहोर हटाउ’ अभियान सफल पार्ने उदेश्यसहित गत बुधबार बिशाल ¥याली निकाल्दै शुरु गरिएको सप्ताहब्यापी सरसफाई कार्यमा दिक्तेलबजारका स्थानीय स्वस्फुर्त रुपमा जुटिरहेका छन् ।
बर्षौंदेखि थुप्रिएका फोहोर उठाउनका साथै आ–आफ्ना क्षेत्र सरसफाईमा स्थानीय जुटेकाले केही दिनमै नगरभित्र पर्ने दिक्तेलबजारको अवस्था पूर्ण रुपमा फेरिने सरसफाईमा सहभागी उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष राजु लयालुको भनाई छ । दिक्तेलबजारमा रहेका ६ वटा टोल पुर्वाधार तथा ब्यवसाय प्रवद्र्यन समितिले आ–आफ्नो टोल तथा क्षेत्रको फोहोर उठाउने तथा सरसफाई गर्ने काम गरिरहेको लयालुको भनाई छ । ७ दिनभित्र करिब बजारका सबै फोहोर उठाईसक्ने र १५÷१५ दिन अर्थात महिना दिनको अन्तरमा नियमित सरसफाईमा जुठ्ने जनाईएको छ ।
कसैले पनि फोहोर जाथाभाबी नफाल्न अर्थात फोहोरलाई निश्चित स्थानमा ब्यवस्थापन गर्नका लागि नगरपालिकाले अनुरोध गरेका छन् ।
हप्ता दिनभित्र करिब एक हजार ट्याक्टर फोहोर उठाएर नगरपालिकाकै लफ्याङस्थित ल्याण्डफिलसाईटमा लैजाने र सरसफाईका कामलाई निरन्तरता दिईने मेयर दिपनारायण रिजालले जनाउनुभएको छ ।