गुल्मीबाट ४० जना उम्मेदवारको जमानत जफत

94
Shares

अनिल खत्री, गुल्मी । मंसिर २१ गते सम्पन्न प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनमा ४० जना उम्मेदवारको जमानत जफत भएको छ । जिल्लामा रहेका प्रतिनिधी सभा तर्फ २ क्षेत्र र प्रदेश सभा तर्फ ४ वटा क्षेत्र रहेको गुल्मीबाट ६ जना निर्वाचित प्रतिनिधीको लागी ५२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धी बनेका थिए ।
उम्मेदवारले कुल खसेको मतको १० प्रतिशत ल्याउनु पर्ने भएपनि त्यो भन्दा कम ल्याएका कारण उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका गणेश बहादुर खत्रीले जानकारी दिए । जिल्लामा सबै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् ।
बामगठबन्धन बाहेक नेपाली काँग्रेसबाट उम्मेदवार बनेकाहरुले मात्रै जमानत जोगाएका छन् । जिल्लाबाट ७ राजनितिकदलबाट प्रतिनिधी सभा र प्रदेश सभाको लागी उम्मेदवार बनेका थिए । जिललाको क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाको लागी ११ जनाको उम्मेदवारी रहेको थियो । त्यस मध्ये ९ जनको जमानत जफत भएको छ ।
सोहि क्षेत्रबाट प्रदेश सभा क्षेत्र नम्बर १ बाट ९ जनाले उम्मेदवार थिए । जसमध्ये ७ जनाको जमानत जफत भएको छ । प्रदेश सभा क्षेत्र नम्बर २ बाट ७ जनाको उम्मेदवार थिए । त्यसमध्ये ५ जनाको जमानत जफत भएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा तर्फ ९ जनाको उम्मेदवार थिए । उम्मेदवार मध्ये ७ जनाको जमानत जफत भएको छ । सोहि क्षेत्रबाट प्रदेश सभा क्षेत्र नम्बर १ बाट ८ जना उम्मेदवार थिए । उम्मेदवार मध्ये ६ जनाको जमानत जफत भएको छ । प्रदेश सभा क्षेत्र नम्बर २ बाट ८ जना उम्मेदवार थिए । जस मध्ये ६ जनाको जमानत जफत भएको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
उम्मेदवारले खर्च बिवरण पेस गर्नु पर्ने
निर्वाचन भएर घोषणा भएको मितिले १ महिना भित्र उम्मेदवारले चुनावी अभियानमा गरेको खर्च बिवरण बुझाउनु पर्ने हुन्छ । उम्मेदवारले प्रतिनिधी सभा तर्फ २५ लाख सम्म र प्रदेश सभाका उम्मेदवारले १५ लाख सम्म खर्च गर्न पाउने आयोगको प्राबधान रहेको थियो ।
उम्मेदवारले धेरै खर्च गरेपनि निर्वाचन आयोगले तोकेको सिमा भित्र रहेर खर्च बिरण बुझाउनु गर्दछन् । तर यसवर्ष उम्मेदवारहरुले अघिलला निर्वाचनमा भन्दा मितव्यायीता अपनाएका छन् । आयोगले ठुला व्यानर,पोष्टर,टोपी टिसर्ट जस्ता प्रचार सामाग्रीहरुमा रोक लगानाले पनि उम्मेदवारहरुले कम खर्च भएको छ ।
उम्मेदवारहरुले प्रचार शैली पनि फरक खालको बनाएर प्रचार गर्ने गर्नाले पनि उम्मेदवारको खर्च कम भएको राजनितिक दलको बुझाई छ । गत असारमा सम्पन्न स्थानिय तह निर्वाचनमा उम्मेदवारहरुको ठुलो रकम खर्च गरेका थिए । जिल्लाका केहि उम्मेदवारले खर्च बिवरण बुझाएको जिल्ला निर्वाचन अधिकृत खत्रीले जानकारी दिए ।