प्रदेश ६ को मुख्यमन्त्रीमा महेन्द्र शाहीको चर्चा



कालीवहादुर मल्ल, कालिकोट । चुनावी नतिजा सकिएसँगै कर्णाली क्षेत्र रहेको प्रदेश ६ को मुख्यमन्त्री को बन्ला भन्ने चर्चा परिचर्चा आमरुपमा भइरहेको छ । कालिकोटबाट प्रदेश सभामा निर्वा्चित भएका माओवादी केन्द्र केन्द्रीय सचिवालय सदस्य तथा निवर्तमान उर्जा हाल विना विभागीय मन्त्री महेन्द्रवहादुर शाहीलाई मुख्यमन्त्रीको लहरमा बलियो दाबेदार मानिएको छ । उनी कालिकोट जिल्ला प्रदेश सभा (ख) बाट १२ हजार १ सय ५३ मत ल्याएर बिजयी भएका थिए ।
प्रदेश नम्वर ६ माओवादी केन्द्रको भागमा पर्ने र शाही पार्टीको उच्च तहको नेता भएकाले पनि उनको मुख्यमन्त्री हुने पक्का देखिएको हो । माओवादी सेनाका पूर्व डिभिजन कमाण्डर समेत रहेका शाही आध्यक्ष प्रचण्डका विश्वास पात्रको रुपमा पनि मानिन्छन ।
नयाँ संघीय संरचनाको पहिलो अभ्यासबाट प्रदेश सभाको चुनाव गठन हुन लागेको प्रदेश सरकारका बारेमा नागरिकलाई उत्सुकता थपिएको छ । प्रदेशप्रमुख, मुख्यमन्त्री, मुख्य सचिव लगायतको कार्यालय र आवासको व्यवस्थापनका लागि गठित कार्यदललाई यतिबेला भौतिक संरचनाको व्यवस्थापनको चटारो छ ।
उसोत एमाले पोलिटव्युरो सदस्य प्रकाश ज्वाला,यामलाल कँडेल,माओवादी केन्द्रका नरेश भण्डारी लगाएतले दावि रहेपनि प्रदेश ६ को सम्भावित मुख्यमन्त्री मध्य महेन्द्रवहादुर शाही नै अग्र पंतिमा देखिन्छन । १० जिल्ला समेटिएको यो प्रदेशमा पहिलो चरणमा ५ र दोस्रो चरणमा ५ जिल्लामा निर्वाचनसँगै २४ सदस्य निर्वा्चित भएका छन ।
हुम्लाका जिवनवहादुर शाही वाहेक ३२ स्थान गठबन्धनबाट नतिजा हात पारेको एमाले माओवादीमा अहिले नेकपा माओवादीका सदनमा लोकमानसिंह कार्की विरुद्ध महाअभियोग प्रस्ताव पेश गरेर चर्चामा आएका शाही मुख्य मन्त्रीका वलिया दावेदारको रुपमा देखिएका छन् ।

प्रदेश ६ मा प्रत्यक्ष र समानुपातिक तर्फ स्थान जोड्दा बाम गठवन्धनको पक्षमा दुइ तिहाई पुग्ने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्