बागलुङको जैमिनीमा पुरिएर दुईजनाको मृत्यु

0
Shares

सिर्जना पन्त, बागलुङ । बागलुङको जैमिनी नगर पालिका वडा न.४ सर्कुवामा माटो खन्ने क्रममा पुरिएर २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
बुधबार घर पोत्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर सर्कुवाकी ५० वर्षीया हरिकला सुनार र २५ वर्षीया पूर्णाकला नेपालीको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालयले बताएको छ ।
सोही स्थानकी तारा सुनार घाइते भएको बताइएको छ । सुनारको देब्रे हातमा चोट लागेको र फेवासिटी अस्पताल पोखरामा उपचार भइरहेको छ । उहाँकोे अवस्था सामान्य रहेको बताइएको छ । मृतक द्वय सुनार र नेपालीको पोष्टमार्टमको लागि धौलागिरी अञ्चल अस्पतालमा ल्याइएको छ ।
यसैबीच ताराखोलादेखि बागलुङ बजारसम्म आउँदै गरेको ध १ ज ६५० नम्बरको पिकअप जिप काठेखोला गाउँपालिका–६ विहुँमा दुर्घटना भएको छ ।
जिप द्ुर्घटना हुँदा सवार २ जना घाईते भएका छन् । घाईते ताराखोला–४ का ६८ वर्षीय मोतिलाल घर्तीलाई धोलागिरी अञ्चल अस्पतालमा उपचार पछि थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ । त्यस्तै ताराखोला–५ का २९ वर्षीय गंगाबहादुर नेपालीको धौलागिरी अञ्चल अस्पातालमा उपचार हुँदैं गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख दिपक रेग्मीले बताउँनुभएको छ ।
जिपमा चालक सहित ६ जना सवार रहेका थिए । जिप काठेखोला–६ को विहुँ सुल्डाँडाको घुम्टीबाट २० मिटर तल खसेको छ ।