लोडसेडिङको विषयमा कुलमानको जवाफः लोडसेडिङ हुँदै हुँदैन



नेपाल समाचारपत्र, काठमाडौं।

केही दिनदेखि संचारमाध्यम र सामाजिक सञ्जाल लोडसेडिङ भैरहेको समाचार आएकोमा त्यो गलत भएको नेपाल विद्युत प्राधिकरणले प्रष्ट पारेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विज्ञप्ती जारी गर्दै लोडसेडिङ नहुने कुरा प्रष्ट पारेका छन । जारी गरेको विज्ञप्तीमा भनिएको छ, ुअहिले औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित वा अघोषित कुनै किसिमको लोडसेडिङ नगरिएको प्रष्ट पार्न चाहन्छौं।ु

प्राविधिक समस्याका कारण कुनै ठाउँमा केही बेर विद्युत आपूर्तिमा अवरोध आएपनि समस्या देखिनासाथ प्राधिकरणले तत्काल प्राविधिक टोली खटाएर विद्युत आपूर्ति सुचारु गरिरहेको भन्दै, आपूर्तिमा गुणात्मक सुधार ल्याउन फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाइ समग्र विद्युत बितरण प्रणालीलाई सुदृढीकरण गर्ने कामलाई प्राथमिकतामा राखेर देशैभरी काम गरिरहेको प्राधिकरणले जनाएको छ।

हिउँद लागेसँगै खोला तथा नदीमा पानीको वहाव घट्दा विद्युत उत्पादनमा कमी आउने तर विद्युत माग बढ्ने हुँदा प्राधिकरण सँग उपलब्ध सीमित उत्पादनले विद्युत माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण हुँदा हुँदै पनि उचित व्यवस्थापन गरी विद्युत आपूर्तिलाई सकेसम्म सहज बनाउन प्राधिकरण लागिपरेको बताएको छ।

उक्त चुनौतीको सामना गरी आम ग्राहकलाई उज्यालो दिन गत वर्षझै यस वर्षको हिउँदमा लोडसेडिङ न्यूनीकरण गर्न प्राधिकरणले विद्युत माग र आपूर्ति व्यवस्थापनको योजना तथा कार्यक्रम बनाएर त्यसलाई दृढतापूर्वक कार्यान्वयन गरिरहेको समेत विज्ञप्तीमा उल्लेख छ।

यतिखेर विद्युत उच्च मागको समयमा प्राधिकरणले आफ्ना जलविद्युत आयोजनाहरुबाट ३७२ मेगावाट ९९२ मेगावाटको कुलेखानी बाहेक०, निजी क्षेत्रबाट २२० मेगावाट र भारतबाट ३७२ मेगावाट गरी कूल ९६४ मेगावाट विद्युत आपूर्ति गरिरहेको छ भने नपुग करिब ३०० मेगावाटका लागि औद्योगिक ग्राहकको हकमा उच्चतम् विद्युत माग हुने समयमा मात्र करिव तीन घण्टा विद्युत कटौती गर्नु परेको प्राधिकरणले जनाएको छ।

यस वर्षको हिउँदको विद्युत मागको व्यवस्थापनका लागि प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युत गृहको कुशलतापूर्वक उच्चतम् सञ्चालन, निजी क्षेत्रको उत्पादन र अपूग विद्युत विगतमा झैं भारतबाट आयात गर्ने योजना बनाएको छ।

हिउँदयामको विद्युत आपूर्तिको लागि नेपाल आत्मनिर्भर भई नसकेको अहिलेको अवस्थामा बिगतमा झैं विद्यमान नेपाल–भारत प्रसारण लाइन संरचनाहरुबाट सहजरुपमा विद्युत आपूर्ति भई नै रहेको र यसको निरन्तरताको लागि भारत सरकार र सम्बन्धित निकायहरुबाट प्राधिकरणले सहयोग पाइरहेको समेत प्राधिकरणले स्पष्ट पारेको छ।

विद्युत चोरीलाई निरुत्साहित गर्दै माग बढी हुने बिहान ९ बजे बेलुका ५ बजेदेखि ८ बजे सम्म विद्युत खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोगमा नल्याएर ‘उज्यालो नेपाल’ बनाउने अभियानमा गत वर्षझैं यस वर्ष पनि आ–आफ्नोतर्फबाट सबैलाई सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्