किष्टको सेवा एक सातादेखि सेवा ठप्प !



काठमाडौं । किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा एक साता देखि स्वास्थ्य परिक्षण सेवा ठप्प भएको छ । कर्मचारी आन्दोलनमा उत्रिएका छन् । अस्पतालको आकस्मिक बाहेकका सम्पूर्ण सेवा पूर्ण रुपमा बन्द छ । आकस्मिक बिरामीलाई सघन उपचार गर्नुपरे पनि सेवा दिन सक्ने अवस्था अस्पतालमा नभएको आन्दोलनरत कर्मचारीले बताएका छन् ।
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन र अखिल नेपाल स्वास्थ्य श्रमिक संघले संयुक्त रुपमा १५ सुत्रिय माग अघि सार्दै अस्पताल ठप्प पारेका हुन् ।
नेपाल स्वासथ्यकर्मी तथा कर्मचारी युनियनका पूर्व अध्यक्ष तथा वार्ता कमीटिका संयोजक उमेश बर्तौला भन्नुहुन्छ–कर्मचारीहरुले ६ महिना अघि १५ सुत्रिय मागपत्र अघि राखेका थियौ व्यवस्थापनले व्यवास्था गरेका कारण शान्तिपूर्ण धर्नामा उत्रिएका हौं ।

प्रतिक्रिया दिनुहोस्