‘नैतिकता र इमान्दारीता कायम गर्न सकेमात्र विकासको प्रतिफल पाइन्छ’

0
Shares

काठमाडौं (नेस) । मन्त्रि परिषद्कापूर्व अध्यक्ष खिलराज रेग्मीले मानवीय सेवाको भावना जागृत गराई आम जनसमुदायमा सद्भाव र सद्व्यवहारको चेतना र ज्ञान प्रवाह गर्न सकेमा विश्वमा शान्ति र सद्भाव कायम गर्दै प्रगतिको पथमा अघि बढ्न सम्भव हुने बताउनु भएको छ ।
इण्डिया फाउण्डेशनले गोवामा आयोजना गरेको एक्काइसौ शताब्दिको नेतृत्व विषयक सम्मेलनमा विशेष अतिथिको रुपमा बोल्दै मन्त्रिपरिषदका पुर्व अध्यक्ष रेग्मीले वर्तमान समयमा विज्ञानको आश्चर्यजनक चमत्कार सँगै नैतिकता, इमान्दारिता, सदाचार र सद्भाव कायम गर्न सकेमा मात्र विकासको प्रतिफल र सामाजिक सुव्यवस्था कायम गर्न सकिने बताउनु भएको हो ।
तीनदिने सम्मेलनको समापन समारोहमा बोल्दै उहाले आत्मशुद्धि र शान्तिको प्रवद्र्धन वर्तमान समयमा विशेष महत्वका विषय भएको बताउनुु भएको थियो । सो अवसरमा उहाले विश्वका अति कम विकसित राष्ट्रहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणका लागि विकसित राष्ट्रहरुले सहयोग गर्न सके अति कम विकसित राष्ट्रहरुलाई स्तरोन्नती गरी दिगो विकास लक्ष्य हासिल गर्न सकिने विश्वास पनि व्यक्त गर्नुभएको थियो ।
उक्त सम्मेलनमा विश्वका राजनीतिज्ञ, अर्थशास्त्री, सामाजिक अभियन्ता, उद्यमी, सञ्चारकर्मी तथा सरकारी क्षेत्रका ख्याति प्राप्त बौद्धिक समुदायको उपस्थिती रहेको थियो । संवोधनको क्रममा रेग्मीले असल वैचारिक सन्देश प्रवाह गर्न र सहयोग, सहकार्य र सद्भाव अभिवृद्धि गर्न सम्मेलन अत्यन्त महत्वपूर्ण रहेको बताउनुु भएको थियो । सम्मेलनमा रेग्मीले सहभागी मित्र राष्ट्रहरु बीच रही आएकोे असल सम्बन्ध आगामी दिनमा आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासका क्षेत्रम ासहकार्य अभिबृद्धि गर्न लक्षित हुुनुपर्नेमा जोड दिनुु भएको थियो ।
धर्मपत्नी शान्ता रेग्मी र प्रेस संयोजक राजेन्द्र प्रसाद पाण्डेयका साथ एक साता लामो भारत भ्रमणमा रहनु भएका मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मी गोवाबाट हैदरावाद, तिरुपति लगायतका स्थानहरुको भ्रमण गरि विहिवार स्वदेश फर्किनुभएको थियो ।