घरदैलोमा व्यस्त छन् प्रकाश

0
Shares

अमृत अर्याल, स्याङ्जा । लोकतन्त्रको खम्वा भनेर चिनिने जिल्ला स्याङ्जा २०७४ को प्रतिनिधि र प्रदेश सभा निर्वाचनले बामगठबन्धन तर्फ धकेलिदिएको छ । बामगठबन्धको लाल किल्ला हुनबाट जोगाएका नेपाल तरुणदलका जिल्ला अध्यक्ष भागवतप्रकाश मल्ल मात्रै काँग्रेसको प्रतिनिधिका रुपमा विजयी भए । स्याङ्जा प्रतिनिधि सभा क्षेत्र नं. २ को ख बाट प्रदेश सभाका लागि विजयी भएपछि मल्ल जनताको घरदैलोमा पुग्नुभएको छ ।

जनता सामु पुगेर मल्लले काँग्रेसलाई मतदान गर्नुभएकोमा भन्दै मतदातालाई धन्यवाद दिनुभएको छ । चापाकोट नगरपालिकाका विभिन्न वडामा पुगेर नव निर्वाचित प्रदेशसभाका सांसद मल्लले आफुले गरेका प्रतिवद्धता पुरा गरेर छाड्ने बताउनुभयो ।
प्रदेश नं. ४ अन्तरर्गत स्याङ्जाको यो प्रदेशलाई उत्कृष्ट प्रदेशको रुपमा उभ्याउने मल्लको जनता सामु भनाई रहेको छ । मलाई तपाईहरुले साथ दिनुहोस प्रदेशसभा सांसद मल्लले भन्नुभयो,“जनताको इच्छा र आवश्यकतालाई प्रथामिकतामा राखेर काम गर्नेछु ।” यो प्रदेशको अग्रणी विकासका लागि सदैव तपाईको साथमा रहने छु मल्लले थप्नुभयो । सभामा प्रदेश सभाका साँसद मल्लले विपिको मेलमिलापको सिद्धान्त अनुसार यस स्थानका अन्य दलसगँ सहकार्य गरेर विकासका काम अगाडी बढाउने आफ्नो ध्येय रहेको बताउनुभयो ।

चुनावमा अघिपछि हुनु स्वाभाविक हो भन्दै कम्युनिष्टले जिते भनेर नआत्तिन आम लोकतन्त्र प्रेमीलाई उहाँले आग्रह गर्नुभयो ।
नेपाली काग्रेस साविक साखर गाविस सभापति ज्ञोनश्वर वस्ताकेटिको अध्यक्षतामा भएको कार्यक्रममा काग्रेस युवा नेता बामन पौडेलले सक्षम र जुझारु युवा नेता स्याङजा क्षेत्र नम्वर २ को २ ले पाएको भन्दै अव विकास हुनेमा शकां नगर्न सवैलाई आग्रह गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष एकदेव भट्टराइ माधव गैह्रे लगायतका बक्ताहरुले वोल्नुभएको थियो । प्रदेशसभाका सबै वडाहरुमा पुन विजयी भएपछि एकपटक पुग्ने लक्ष्यका साथ कार्यक्रम तय गरिएको नेविसघं क्षेत्रिय सभापति धनराज पौडेलले जानकारी दिनुभयो ।