चार सय बढी केटी बेचेको अभियोगमा कांग्रेस नेता पक्राउ

0
Shares

नुवाकोट । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नुवाकोटमा शून्य नतिजाबाट पीडित नेपाली कांग्रेसलाई अर्को झड्का लागेको छ । नुवाकोट कांग्रेसका नेता सुनबहादुर तमाङ मानव तस्करीको अभियोगमा पक्राउ गरेको छ । तमाङ नुवाकोटको सबैभन्दा बढी चेलिबेटी बेचबिखन हुने भनेर चर्चित गाउँ घ्याङफेदिका हुन । उनी जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा १ का निर्वाचित अध्यक्ष समेत हुन । नेपाली कांग्रेसबाट वडाअध्यक्षको उम्मेदवार बनेका तामाङ प्रहरीको निगरानीमा रहेका थिए । उनलाई बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले नुवाकोटबाटै पक्राउ गरेको हो । अघिल्लो वर्ष उनी ५ लाख धरौटी राखेर तारेखमा छुटेका थिए । उनको मुद्दा जिल्ला अदालत नुवाकोटमा विचाराधिन रहेको छ । मानव तस्करीजस्तो गम्भीर प्रकृतिको मुद्दा खेपिरहेका तमाङलाई कांग्रेसका केन्द्रीय नेताको सेटिङमा धरौटीमा छुटाइएको थियो । घ्याङ्फेदिबाट बिक्रि भएका चार सय केटीसँग उनकाे नाम जोडिएको छ । सुनबहादुरविरूद्ध ११ जनाले प्रहरीमा जाहेरी नै दिएका छन ।  सुनबहादुरका छाेरा यही मुद्दामा कारागारमा छन । स्थानीयका अनुसार उनका दुइ श्रीमतीसमेत इण्डियामै रहेका छन ।