वालवालिकामाथि हुने हिंसा रोक्न सार्वजनिक सुनुवाई

0
Shares

लक्ष्मी कुमार साह, महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकामा वालवालिकामाथि हुने हिंसा रोक्न सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । सो कार्यक्रम सेभ द चिल्डे«नको सहयोग तथा सिएफडब्लुको सहजीकरणमा विद्यालय तथा समुदायमा बाल संरक्षण परियोजना अन्र्तगत वाल संरक्षणका मुद्दाहरुमा केन्द्रित गरि जलेश्वर वडा नं. २ स्थित रंगशाला मैदानमा भएको छ ।
नगर बाल संरक्षण समित महोत्तरीको संयोजक यज्ञ प्रसाद पोखरेलको अध्यक्षतामा तथा महिला तथा बालबालिका कार्यालयकोे संयोजक निर्मला मिश्रको संयोजकत्वमा सुरु भएको हो ।
सो कार्यक्रममा विद्यालय तथा समुदायमा वाल संरक्षण परियोजना सामुदायिक परिवार कल्याण संघ महोत्तरीका कार्यक्रम अधिकृत शशि सिंहले वालवालिकामाथि हुने सबै प्रकारका हिंसा रोक्न, प्रतिवाद गर्न तथा भई हालेमा सहयोग गर्ने बताउँदै उनले यो परियोजना महोत्तरी जिल्लाको वर्दिवास, गौशाला र जलेश्वर नगरपालिकामा सञ्चालित भईसकेको समेत बताए । साथै उनले समुदायमा हुने बालविवाह, जोखिमपूर्ण वालश्रम, यौन दुव्र्यवहार तथा बालबालिकाको बेचबिखन तथा ओसारपसार जस्ता घटनालाई रोक्नको उद्देश्यले यस परियोजनामार्फत विद्यालयस्तरमा वाल संरक्षण प्रणालीको स्थापना भएको जानकारी समेत गराए । जलेश्वर नगरपालिकाको सुगा ४ बाट सार्वजनिक सुनुवाई कार्यक्रम सुरु हुदै परिकौली, बखरी र जलेश्वर २ मा समेत गरियो ।
कार्यक्रममा बालबिवाह, वाल श्रम तथा वालबालिकामाथि हुने हिंसा आदि सामाजिक अपराध भएकोले यस्ता कुरीतिलाई हटाउनको लागि आजैदेखि सबै जना मिलेर यस परियोजनामार्फत यसको अन्त्य हुनुपर्ने प्रमुख अतिथि मिश्रले बताईन । उनले समाजमा विद्यमान गरिवी, कुपोषणमा समेत बालबालिकाहरु बढी सिकारमा पर्नु, वालवालिकालाई श्रममा लगाउनुबाट जस्ता घटना रोक्नका लागि अभिभावकले पनि महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने जरुरी भएको थपिन् ।
सो परियोजनामार्फत महोत्तरीका २ सय १८ जना जोखिममा परेका बालबालिकाहरुलाई विद्यालयमा भर्ना तथा निरन्तर पढाईमा लगाएको बताउँदै ९ जना अति विपन्न वालवालिकालाई आकस्मिक कोषबाट रकम समेत उपलब्ध गराएको सेभ द चिल्डे«नका जिल्ला परियोजना संयोजक मकर बहादुर सार्कीले बताए । उनले परियोजनामार्फत संचालित वाल संरक्षण समितिलाई ८० हजार रकम आकस्मिक कोषबाट सहयोग गरेको जानकारी गराए ।
सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीको डिएसपी बालकृष्ण पोखरेल, वडा नं. २ का वडाअध्यक्ष वरुण दहाल लगायत ल.च.मु. उच्च मा.वि., मोर्डन गुरुकुल बो.स्कुल, विणा विद्या मन्दिर, अल्हेब्स स्कुल, महेन्द्र आदर्श उच्च मा.वि. र आधारभूत विद्यालय खैराका करिब १ सय अभिभावक र २ सय भन्दा बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।