राजनीतिक दुराशयले आएको अध्यादेश पारित नगर्न एमाले–माओवादीको दबाब

0
Shares

काठमाडौँ । एमाले र माओवादीका नेताहरुले भने राष्ट्रियसभासम्बन्धी अध्यादेश राजनीतिक दुराशयका साथ आएको भन्दै विरोध जनाएका छन । बुधबार राष्ट्रपतिले भेट्न बोलाएको मौका छोपी एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले अध्यादेशमा बिरोध जनाएका छन । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आयोगले प्रस्ताव गरेको बहुमतीय प्रणालीलाई संसदको राज्य व्यवस्था समितिले सर्वसम्मत अनुमोदन गरेको तर, स्थानीय तह चुनावको परिणामपछि सरकारले राजनीतिक सहमतिविना गलत नियतले संशोधन गरेको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराएका हुन । उनीहरुले चुनावी परिणामलाई निर्वाचन आयोगले रोक्न नमिल्ने तर्क गरेका छन् । नेताहरुले नयाँ सरकार गठनलाई रोक्न नहुने भन्दै कुनै राजनीतिक सहमति गर्नु परे नयाँ सरकारले नै गर्ने बताएका छन् ।