सल्यानको बन्गाड खोलामा २ पक्की पुल निर्माण गर्न सुरु

0
Shares

सरिता चलाउने, सल्यान । बर्षातको समयमा अबरुद्ध भैरहने सल्यानको सल्लीवजार नजिकै छिन्चु जाजरकोट सडक खण्डको बन्गाड खोलामा पक्की पुल निमार्ण गर्न सुरु गरिएको छ ।

लामा कन्ट्रक्सन प्राली काठमाण्डौले यो पुलको कामको जिम्मा लिएको छ । लामा कन्ट्रक्सन प्राली काठमाण्डौका कन्ट्याक म्यानेजर वसन्त घिमिरेका अनुसार बन्गाड खोलामा ३५ मिटर लम्वाई भएको पक्की पुल २०७६ साल वैशाख मसान्त भित्र सम्पन्न हुने गरि ५ करोड बराबरको रकममा सम्झौता भई काम सञ्चालन गरिएको बताउनु भएको छ ।
सम्झौता मिति र निमार्ण कार्य सम्पन्न गर्ने मिति नकुरेर कम्पनीले उपयुक्त समयमा काम सकाउने गरि कामको रफ्तार अघि वढेको घिमिरेले बताउनु भयो ।
सल्लीवजार नजिकै छिन्चु जाजरकोट सडक खण्डको बन्गाड खोलामा पुल नहुदाँ वर्षातमा यातायातका साधनलाई बन्गाड खोलाले अवरुद्ध गर्ने गर्दछ । भेरी पुल निमार्ण भई सञ्चालनमा आए पनि वर्षातमा यो खोलामा पुल नहुदाँ आवत जावतमा समस्या हुने गरेको छ ।
त्यस्तै सल्यानको भुभागमा निमार्ण्धिन बन्गाड खोलाकै अर्को रुकुम चौहरजारी सडक खण्डको त्रिवेणी वजारमा निमार्ण्धिन पक्की पुल भने अलपत्र परेको छ । काम गर्दा गर्दै ठेकेदारले आधा काम गरि भागेको स्थानीयले बताएका छन् । हरिहरि गजुरमुखि कन्ट्रक्सन प्रालीका ठेकेदार १ वर्ष देखि सम्पर्क विहीन भएका छन् । ८ महिनामै पुलको काम सम्पन्न गर्ने भनेर कामको सुरु गरेका उक्त पुलका ठेकेदार हरि वहादुर रावत अहिले सम्म पुल निमार्ण प्रति चासो नदेखाएको स्थानीयको आरोप छ । साथै सडक डिभिजन कार्यालय र स्थानीय जनप्रतिनीधी समेत यस्ता विकासे काम अलपत्र परेकोमा वेखरवर भएको उक्त क्षेत्रका स्थानीयवासिको गुनासो रहेको छ ।