नेपालीलाई रियल थेरापीमा ५० प्रतिशत छुट

0
Shares

काठमाडौं । नेपालकै प्रमुख पर्यटकीय क्षेत्र काठमाडौंको ठमेलमा रहेको रियल थेरापी एण्ड ब्युटी प्वाइन्टले ‘विन्टर भ्याकेसन’ छुट सार्वजनिक गरेको छ । ओफुरो, साउना, स्टिम, मसाजलगायत बिभिन्न सेवामा नेपाली ग्राहकहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको रियल थेरापीका सञ्चालक भवी शर्माले जानकारी दिनुभयो ।
‘जाडो मौसममा चिसोले सबैलाई सताउँछ, ओफुरो, साउना तथा स्टिममा बस्दा शरीरलाई फाइदा गर्छ । त्यसैले यी सेवामा नेपालीका लागि मात्रै हामीले विशेष छुटको प्याकेज ल्याएका छौं,’ सञ्चालक शर्माले भन्नुभयो ।
पछिल्लो समय ओफुरो, साउना तथा स्टिममा नेपालीको आकर्षण बढिरहेको छ । स्वास्थ्यसँग सम्बन्धित यी सेवाबारे नेपालीहरूलाई जानकारी होस् भन्ने उदेश्यले पुष र माघ महिनाभर नेपालीलाई सुविधाजनक प्याकेज ल्याएको उहाँले बताउनु भयो । जापानमा चर्चित ओफुरो सेवा नेपालमा रियल थेरापीले मात्रै दिने गरेको छ । यहाँ साउना बाथ, स्टीम बाथ, आयुर्वेदिक मसाज, हटस्टोन मसाज, ज्वाइन्ट पेन रिलिफ मसाज, रिल्याक्सेसन मसाज, अकुप्रेसर थेरापीलगायतका सेवा पनि सञ्चालनमा छन् ।
अफुरो र यसका फाइदा
अफुरो जापानी पद्धतिबाट गरिने प्राकृतिक उपचार सेवा हो । जापानमा निकै प्रख्यात ओफुरो जापनिजहरु दैनिकजसो बेलुका ३० मिनेटदेखि ६० मिनेटसम्म आफ्नै घरमा ओफुरो लिने गर्छन् । आफ्नो घरमा ओफुरो नहुनेहरु बाहिर स्पा तथा क्लबहरुमा पुग्छन् । उनीहरुका औषत आयु अरु देशका मानिसहरुको भन्दा बढी हुने बिभिन्न अध्ययनले नै देखाइसकेका छन् । नियमित ओफूरो सेवा लिनाले पनि जापनिजहरु स्वस्थ र तन्दुरुस्त हुने गरेका छन् ।

पछिल्ला वर्षहरुमा ओफुरो विश्वका बिभिन्न देशहरुमा फैलिएको छ । नया“ स्पा र क्लबहरुमा ओफुरो अनिवार्यजस्तै भएको छ । ज्याकुजीस“ग मिल्दोजुल्दो हुने भएपनि ओफुरोमा कुनै बबल्सहरु (पानीका फोका) आउ“दैनन् ।
ओफुरोमा पानीको तापक्रम सामान्यतया ४० देखि ४५ डिग्री सेल्सियस हुन्छ । ग्राहकले चाहेअनुसार यसको तापक्रम घटबढ गर्न सकिन्छ । नेपालमा पहिलो पटक जापानी प्रविधिबाट बनेको ओफुरोबाट ढाड दुख्ने, ज्वाइन्ट पेन, सुगर, युरिक एसिड, प्रेसर, तौल घटाउने, मस्कुलर पेनजस्ता रोगको उपचार हुन्छ । यो सेवा १० वर्षभन्दा माथि उमेरका सबैले लिन सक्छन् ।
ओफुरो गर्न रियल थेरापी एण्ड ब्युटी प्वाईन्टमा आउ“दा फेरफारलगायतका कुनै सामान ल्याउनु पर्दैन । आवश्यकताअनुसार चाहिने सम्पूर्ण सामान आफूहरुले नै उपलब्ध गराउने सञ्चालक शर्माले बताए । यो सेवा लिन चाहने ग्राहकहरु दिउ“सो २ बजेदेखि बेलुकी ८ बजेसम्म आउन सक्छन् । ५ जनाभन्दा माथिको समुह बनाएर आए बुकिङ गरेर बिहान १० देखि बेलुका १० बजेसम्म जतिबेलै सेवा लिन सक्छन् ।