नेप्से बुधबार पनि ओरालो

0
Shares

काठमाडौं, (नेस) । सातको चौथो दिन बुधबार पनि नेप्से ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ । प्रतिनीधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भइसकेको अवस्थामा छरिएको रकम शेयर बजारमा आउनेक्रम जारी रहेपनि परिसूचक भने ओरालो लागेको हो ।
बुधबार नेप्से ९ दशमलव २९ अंक घटेर १ हजार ४ सय ८४ दशमलव ४७ अंकमा पुगेको छ ।
बुधबार पनि नेप्से परिसूचक दोहोरो अंकले ओरालो लाग्दा कारोबार रकम पनि घटेको छ । मंगलबार ५९ करोड ९३ लाख रुपिया“को शेयर कारोबार भएको बजारमा बुधबार ४२ करोड ४३ रुपिया“को मात्र कारोबार भयो । यसदिन बजारमा १ सय ५५ कम्पनीका ९ लाख ८३ हजार कित्ता शेयर किनबेच भए ।
यस दिन कारोबारमा आएका सबै समूह ओरालो लाग्दा नेप्से परिसूचक पनि ओरालो लागेको हो ।
नेप्से परिसूचक घट्दा बुधबार ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ०७ अंकले घटेर ३ सय १२ दशमलव ६८ मा पुगेको छ ।