उपत्यकाका घरमै शौचालय छैनन



पुष्कर बुढाथोकी, भक्तपुर । भक्तपुर जिल्ला अन्तर्गत चाँगुनारायण नगरपालिकाको घरधुरी तथ्याङ्ग तथा भौगोलिक सूचना प्रणाली तयार पारिएको छ । फ्रेण्ड्स सर्भिस काउन्सिल नेपालले तयार पारेको डिजिटल तथ्याङ्गमा चाँगुनारायण नगरपालिका वडा नं. १ देखि ९ सम्मको क्षेत्रफलसंगै यहाँका ११ हजार ६७८ घरधुरीको डिजिटल तथ्याङ्ग, जनसंख्या, शैक्षिक अबस्था, स्वास्थ्य अबस्था, पेशा, कृषि, धर्म, जातजातिको अबस्था, धर्मको अबस्था, आम्दामीको अबस्था, आम्दामीको श्रोत, सडकको अबस्था लगायत बिभिन्न क्षेत्र समेटेको २३५ वटा प्रश्न राखेर सर्वेक्षण गरिएको छ ।
तथ्याङ्ग अनुसार चाँगुनारायण नगरपालिकाको जनसंख्या पुरुष २७ हजार ४६७ र महिला २६ हजार २८८ गरि कूल ५३ हजार ७६७ रहेको छ । जसमध्ये ८२० जना अपाङ्ग रहेका छन् । १०५ घरमा घरेलु कामदार रहेका छन् भने । यसमध्ये ४५२ घरधुरीको को शौचालय नै छैन ।
तथ्याङ्ग संकलनमा प्राबिधिक सहयोग पुर्याउने नेपाल भौगालिक सूचना प्रणाली समाजका अध्यक्ष प्रा.डा. कृष्ण पौडेलले चाँगुनारायण नगरपालिकाका घरधुरीको पारिवारिक, सामाजिक, आर्थिक अबस्थादेखि भूधरातलको अबस्था, सहरी विकासका क्षेत्रहरु, भवनहरु, ज्रगल, चउर, बाँझो खेत, पोखरा, खोला, नदि, खानीहरुको अबस्था, बाँझो जमिनको अबस्था, मानव बस्तीको अबस्था, उद्योग, महिलाको अबस्था, विपदको अबस्था, विपद् पूर्वतयारीको अबस्था लगायतकोबारेमा सर्वेक्षण गरि प्रतिवेदन तयार पारिएको बताउनुभयो ।
जिल्ला समन्वय समितिका सूचना अधिकृत जोवन कोजूले तथ्याङ्ग प्रस्तुतीकरण गर्दै यसमा चाँगुनारायण नगरपालिकामा बस्ने प्रत्येक घरधुरीको प्रत्येक सदस्यको पूर्ण विवरण सहित तथ्याङ्ग समावेश गरिएको बताउनुभयो ।काउन्सिलका अध्यक्ष सूर्यबहादुर थापाले ३९ दिन लगाएर ५५ जनाले प्रत्येक घरमा पुगेर सर्वेक्षण गरेर जिपिएस नक्सा सहित तथ्याङ्ग संकलन गरिएको बताउनुभयो ।
तथ्याङ्ग र पाश्र्वचित्र सहितको प्रतिवेदन बुझ्दै नगरपालिकाका उपप्रमुख बिना बास्तोलाले नेपाल मै पहिलो पटक नगरपालिकाले यसप्रकारको तथ्याङ्ग संकलन गरेको बताउँदै यसले नगरपालिकालाई आगामी १५ वर्षसम्म कुनै पनि योजना बनाउन निकै सहज हुने बताउनुभयो । तथ्याङ्ग संकलनमा प्राबिधिक सहयोग पुर्याउने नेपाल भौगालिक सूचना प्रणाली समाजका अध्यक्ष प्रा.डा. कृष्ण पौडेलले चाँगुनारायण नगरपालिकाका घरधुरीको पारिवारिक, सामाजिक, आर्थिक अबस्थादेखि भूधरातलको अबस्था, बारेमा सर्वेक्षण गरि प्रतिवेदन तयार पारिएको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ भुषालले यो तथ्याङ्ग नगरपालिकाको लागि निकै उपयोगी र प्रभावकारी हुने बताउँदै नगरपालिकाले गोपनीयता अपनाएको बताउनुभयो ।नगरपालिकाले कुनै पनि वडाको कुनै पनि नागरिकको कुनै पनि व्यक्तिको सम्पूर्ण विवरण तुरन्तै हेर्न सक्ने गरि तयार पारिएको जानकारी दिदै नगरपालिकाले थप तथ्याङ्ग राख्न चाहे सक्ने गरि व्यबस्था गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्