एनबीआई र एनसीसी बैंकबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस)
नेसनल बैंकिङ इन्ष्टिच्युट र नेपाल क्रेडिट एन्ड कमर्स बैंकबीच तालिम कार्यक्रम सञ्चालन गर्ने सम्झौतापत्र भएको छ।

यस सम्झौताअनुसार एनबीआईले नेपाल क्रेडिट एन्ड कमर्स बैंकका कर्मचारीको कार्य दक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउने छ। यस सम्झौताअनुसार नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नेसनल बैंकिङ इन्ष्टिच्युटबाट ५० लाख रुपियाँ बराबर रकमको कर्मचारीका लागि वार्षिक तालिम सञ्चालन गराउने भएको छ।
उक्त सम्भौतापत्रमा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेसनल बैंकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाबीच हस्ताक्षर भएको छ।