ग्यास उद्योग आगलागी: दुईको शव भेटियो, दमकलसमेत जल्यो !

0
Shares

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिकास्थित गण्डक नहर क्षेत्रमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएको छ । आगलागीमा परि दुईजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । घाइतेहरूकाे उपचारका लागि गण्डक अस्पताल लगिएकाे छ ।

बुधबार बिहान करिब ७: ४० बजेदेखि सुरु भएको आगलागी ठूलोमात्रामा फैलिएको छ । बस्तीबाट झण्डै पाँच सय मिटरको दूरीमा रहेको ग्यास उद्योगमा आगलागी भएपछि त्यस क्षेत्रको आसपासमा जान रोक लगाइएको छ । थप क्षेति हुन नदिन अासपासकाे क्षेत्र खालि गर्ने कार्य भइरहेकाे छ ।

आगलागी नियन्त्रण गर्न प्रयोग गरिएको दमकलमासमेत आगो लागेपछि आगो नियन्त्रणको प्रयास असफल भएको छ ।