​ सशस्त्र मुख्यालयमा कसले आगो लगायो ?

0
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलको हलचोकस्थित मुख्यालयभित्र एक भवनमा सोमबार मध्यराती आगो लागेको । कुनै प्रमाण नष्ट गर्ने उदेश्यले आगो लगाएको आशंकामा छानबिन सुरु भएको छ । घटनाको छानबिनका लागि एआईजीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।

मंगलबार बिशहान राती साढे १ बजे सशस्त्रको स्टोर भएको भवनमा  आगो लागेको हो । आगलागीमा आर्थिक कारोबार समबन्धि केही महत्वपूर्ण कागजपत्रहरु समेत चलेका छन् । मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले एआईजी सिंह बहादुर श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन् । आगलागाी शंकास्पद भएकाले छानबिन सुरु गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी बाबुराम पाण्डेले बताए ।
आगलागीमा लेखासम्बन्धि महत्वपूर्ण कागजपत्र समेत जलेर नष्ट भएका छन् । सशस्त्र प्रहरीभित्र विगता भएका अनियमितता लुकाउन ती कागजपत्र जलाउने उदेश्यले कसैले आगो लगाएको आशंका गरिएको छ । २ वटा दमकलले करिब आधा घन्टामा आगो नियन्त्रणमा लिएको थियो ।