जनताले देश विकासको लागि बामशक्ति रोजिसके:  सुर्दशन बराल

0
Shares

अनिल खत्री, गुल्मी । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा गुल्मी क्षेत्र नम्बर २ प्रदेश ‘क’ का प्रदेश सभा नव निर्वाचित सदस्य सुदर्शन बरालले जनताले देश विकासको लागि बाम शक्ति रोजिसकेकोले पार्टी एकताप्रति कसैले शंका नगर्न आग्रह गरेका छन् । सोमबार सदरमुकाम तम्घासमा प्रेस सेन्टर नेपाल जिल्ला शाखा गुल्मीद्धारा आयोजित पत्रकार भेटघाटमा उनले मंसिर २१ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मतपरिणामले पार्टी एकता गर्न दबाब दिएको बताए ।
‘नेपाली जनताले बामशक्तिलाई मत दिइसकेकोले अब राष्ट्र निर्माणको अभिभारा पनि हामीको काँधमा आएको छ’ बरालले भने, ‘त्यो जिम्मेवारीलाई हामी जसरी पनि पुरा गर्छौ ।’ प्रचण्ड सरकारको पालामा नेपालमा ७.५ प्रतिशत आर्थिक बृद्धिदर भएको स्मरण गर्दै उनले कम्युनिष्टले मात्र नेपाल र नेपालीको शिर उचाँे राख्न सक्छन भन्ने पुष्टि भएको समेत बताए ।
उनले निर्वाचनको समयमा मतदातासामु गरेको विकास निर्माणका प्रतिबद्धताहरु पुरा गर्ने बताए । उनले चुनावी प्रतिबद्धताहरु कागजको खास्रो नभई त्यसलाई पुरा गर्ने अविभाराका साथ अगाडी वढने बताए । सोहि पार्टीका अर्का पोलिटब्युरो सदस्य तथा गुल्मी क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट प्रदेश सभामा निर्वाचित दिनेश पन्थीले निर्वाचनको समयमा आफूहरुबिच कतै पनि बेमेलपन नआएको बताए ।
एमालेसँग सँगै निर्वाचनमा होमिएपनि कहिँ कतै आफूहरुबित दुई पार्टी हौँ भन्ने अनुभव समेत नभएको बताए । उनले देशमा आर्थिक क्रान्तिगरी समुन्नत नेपाल निर्माण गर्नेे लक्ष्य रहेकोले अब आफूहरु त्यसैअनुसार अगाडी बढ्ने बताए । निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि विजयी उम्मेद्धारहरुको विजयी ¥यालीपछि पार्टीको आधिकारीक धारणा बुझ्न प्रेस सेन्टर गुल्मीले पत्रकार सम्मेलनको आयोजना गरको थियो ।