राजा सहितको हिन्दुराज्यको माग गर्दै प्रर्दशन

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज । राजा सहितको हिन्दु अधिराज्यको माग गर्दै सोमबार बीरगन्जमा ¥याली निकालिएको छ ।
बीरगन्जको घण्टाघरबाट निकालीएको ¥याली माईस्थान, आदर्शनगर, अलखियामठ हुदै पुनः घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै वक्ताहरुले अब आउने नयाँ सरकारले समबिधानमा हिन्दु अधिराज्य कायम नगरे राष्टब्यापी रुपमा आन्दोलन जारी राख्ने कुरामा जोड दिएका छन् ।
नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रवाद संघका जिल्ला अध्यक्ष संगिता साह, सरोकार मंच नेपालका नारायणीका अंचल संयोजक नन्दकिशोर गोयल, मञ्चका सचिव मकबुल मियाँ, नगर अध्यक्ष उपेन्द्र चौरसिया, जेष्ठ नागरिक संघका अध्यक्ष पशुपति बिक्रम शाह, उषा शाह, प्रभात काब्य यात्राका संयोजक अरुणबिक्रम शाह, गजेन्द्र देव ठकु, शिवशंकर साह लगायतको उपस्थिती रहेको थियो ।