नलसिंहगाड जलविद्युत आयोजनाको डिपिआर प्रभावित

0
Shares

जाजरकोट । नलसिंहगाड जलविद्युत आयोजनाको डिपिआरको काम प्रभावित भएको छ । भौगोलिक विकटताले अध्ययन गर्न आवश्यक उपकरण ढुवानीमा कठिनाइ हुँदा डिपिआरको काम प्रभावित भएको हो । जाजरकोटको दुर्गम ठाउँ लैखाममा निर्माण हुन लागेको यस जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन निर्माण गर्ने कामका लागि आवश्यक उपकरण ढुवानी गर्न कठिनाई भएपछि काम प्रभावित हुने भएको हो । यद्यपी आयोजनाको प्रवर्द्धक नलसिंहगाड हाइड्रोपावर कम्पनीले भने निर्धा्रित समयमा विस्तृत इन्जिनियरिङ डिजाइनको कार्य सम्पन्न गरिने दाबी गरेको छ । आयोजनाका अनुसार डुबान तथा प्रभावित क्षेत्रको ६५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ । त्रिवेणी नलगाढ नगरपालिका र बाह्रकोट गाउँपालिकाका अधिकांश बस्ती डुबान तथा प्रभावित हुने भएका छन् । डुबान क्षेत्रको अधिकांश जग्गा निजी रहेका छन् । झण्डै २०० रोपनी जग्गाको मुआब्जा निर्धारण भइसकेकोले ती जग्गाका धनीलाई मुआब्जा वितरण गर्ने कार्य पनि भइरहेको छ । आयोजना निर्माणका लागि नलगाड हाइड्रो पावर कम्पनीलाई ऊर्जा मन्त्रालयले अध्ययन अनुमति पत्र दिएको छ ।