३ माइल फराकिलो छुद्रग्रह पृथ्वीको नजिक


नासा (एजेन्सी)
कुनै दिन पृथ्वीसँग ठोक्किन सक्ने सम्भावना बोकेको र नासाले ‘सम्भावित विनासकारी‘को दर्जामा राखेको ३ माइल फराकिलो एउटा छुद्र ग्रह पृथ्वीको नजिकबाट प्रस्थान गरेको छ।

तर अहिले ६२ लाख माइलको दुरी प्रस्थान गरेको उक्त आकाशिय पिण्ड नजिक भनेको चिन्ता लिनु पर्ने गरि नजिक भने होइन। चन्द्रमाले पृथ्वीलाई आफनो कक्षामा परिक्रमा गर्दा उसँगको दुरी औषतमा २ लाख ४० हजार माइल हुन्छ। यसको तुलनामा उक्त छुद्रग्रह पृथ्वीबाट २५ गुणा टाढा पर्न आउँछ।

यद्यपी यो आकारको पिण्ड ६२ लाख माइलको दुरीमा आउनु भनेको कनुै सौखिन खगोलशास्त्रीले सापेक्षिक रूपमा सानो टेलिस्कोपबाटै अवलोकन गर्न सकिने छोटो दुरी हो।

३२०० पायथोन पृथ्वी नजिकबाट यात्रा गरिरहँदा यसले आफनो चिन्ह छोडेर गएको छ। नासाका अनुसार गत हप्ता पृथ्वीमा देखिएको जेमिनिड उल्कापात ३२०० पायथोनसँग सम्बन्धि हुनसक्छ। नासाले ३२०० पायथोन र ती उल्काहरूको कक्षमा समानता रहेकोले उक्त छुद्रग्रह उल्काहरूको मादा पिण्ड हुन सक्ने बताएको छ।

धेरैजसो उल्कापातका लागि छुद्र ग्रहभन्दा पुच्छ«ेताराहरूका कारण हुने गर्छ। पृथ्वीसँग नजिकिने क्रममा पुच्छ«ेताराले छोड्ने कणहरू पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने क्रममा उल्कापातको बर्षा गराउँछ।

सौर्य प्रणालीमा कयौं छुद्र ग्रहहरू छन् तर थोरै मात्र खतरायुक्त छन्। किनभने ३२०० पायथोनले अत्यन्तै ठुलो अन्डाकार पथमा ५ सय २३ दिनमा सुर्यको परिक्रमा गर्छ र उक्त छुद्रग्रह कहिलेकाहीँ मात्रै पृथ्वीको कक्ष नजिक आउने गर्छ। यसतोमा कुनै दिन पृथ्वीसँग ठोक्किन सक्ने खतरा भने रहेको हुन्छ।

३ माइल फराकिलो छुद्रग्रह ठोक्किँदा पृथ्वीलाई कति विनास गर्न सक्छ भन्ने यकिन छैन र यो जल वा स्थल, कुन ठाउँको त्यसमा पनि निर्भर गर्छ। डाइनोसरको लोप हुनुको प्रमुख कारण मानिएको छुद्रग्रह ६ दशमलव २ माइल फराकिलो रहेको वैज्ञानिकहरूले बताएका छन्। उक्त ठोक्काइपछि वायुमण्डलमा बाक्लो जिप्सम जम्मा भएको र त्यसले सुर्यको प्रकास सम्भवत बर्षौंसम्म सतहसम्म आउनबाट रोकेको थियो। यसले पृथ्वीका धेरै जीव नस्ट भएका थिए।