लहानमा बम विस्फोट, एक युवक घाइते



नेपाल समाचारपत्र, सिराहा
सिराहाको लहानस्थित सहिद रमेश महतो पार्क नजिकै अगाडी बम बिस्फोट भएको छ। साईकलमा सेट गरेको बम बिस्फोट भएको इलाका प्रहरी कार्यालय लहानले जानकारी दिएको छ ।प्रहरीका अनुसार बम बिस्फोटबाट केहि क्षति नभएको तर एक युवकलाई सामान्य चोट लागेको छ।

सहिद पार्कको उतरपट्टी साईकल मर्मत केन्द्र अगाडी एक अपरिचित व्यक्तिले लेडिज साईकल छाडेर गएको केहीबेरमै विस्फोट भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्