चलचित्र बोर्डको अध्यक्ष बन्नको लागि ५० लाख घुस !



काठमाडौँ । विगत ६ महिना देखि रिक्त अवस्थामा रहेको चलचित्र विकाश बोर्ड अध्क्षय पदमा निकिता पौडेल नियुक्त भएकी छिन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निकितालाई बोर्ड अध्यक्षमा नियुक्ति गरेको हो ।

निकिता चलचित्र विकाश बोर्डकि पहिलो महिला अध्क्षय बन्न सफल बनेकी छिन् । गोपीकृष्ण मुभिज तथा गोपीकृष्ण इन्टरटेनमेन्टकी अध्यक्ष समेत रहेकी निकिताले गत भाद्रमा अध्क्षयको लागि आवेदन दिएकि थिईन ।

अध्क्षय पदको लागि योग्य हुन सरकारले कम्तिमा १० बर्ष सोहि क्षेत्रमा काम गरेकी र स्नातक पास गरेको योग्यताको माग गरेको थियो सो यी सबै योग्यता निकितामा भएकाले पनि उनि अध्यक्ष पदको लागि योग्य रहेकी थिईन ।

पौडेल चलचित्र बोर्डको अध्यक्ष बनिन तर यस अघिका जस्तै विवादमाबाट मुक्त हुनभने सकिनन् । नव नियूत्त पौडेलका पतिष्पर्धीहरुले अध्यक्षमा नियूक्त हुनको लागि ठुला आर्थिक चलखेल गरेको आरोप लगाएका छन् । एक जना पतिष्पर्धीका अनुसार पौडेलले करिव ५० लाख रुपैयाँ घुस दिएको खुल्नमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्