प्यूठानमा वामगठबन्धनको वर्चस्व

0
Shares

सलिम अन्सारी,प्यूठान ।
प्यूठानमा बामगठबन्धनले लालकिल्ला कायम राखेको छ। २०५१ पछि बामपँथीले एकलौटी जित हासिल गरेको प्यूठानमा आशन्न निर्वाचनमा पनि  बामपँथी शक्तिले नै जित हासिल गरेको छ ।
प्रतिनिधीसभामा एक र प्रदेशसभामा दुइ निर्वाचन क्षेत्र रहेको प्यूठानमा  बाम गठबन्धनका उम्मेद्धवार विजयी भएका हुन। आइतवार  राती सम्पन्न मतगणना अनुसार प्रतिनिधीसभामा राष्टिय जनमोर्चाकी दुर्गा पौडेल, प्रदेशसभा क मा एमालेका हरि प्रसाद रिजाल र प्रदेश ख मा माओबादि केन्द्रका कृष्णध्वज खडका बिजयी भएका हुन।प्रतिनिधीसभामा पौडेलले काग्रेसका गोबिन्दराज पोख्रेललाइ  १६ हजार २२८ मतले पछि पारेकी हुन।
पौडेलले ४७ हजार ५१४ मत मत ल्याइन भने उनका निकटम प्रतिस्पर्धी पोख्रेलले ३१ हजार २८६ मत ल्याए।राजमोले प्रतिनिधीसभामा प्यूठानबाट खाता खोलेको हो।
 ९० हजार ५सय ४० मत खसेको प्रतिनिधीसभामा ६ हजार ३३५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत हेमराज सेनले बताए।बामगठबन्धनले यहाँ मतगणनाको सुरुवात देखि नै बर्चस्व कायम राखेको थियो।  प्रदेशसभा क मा एमालेका रिजालले २४ हजार ७ सय ३४ मत ल्याएर बिजयी भए।
निकटम प्रतिद्धन्द्धि काग्रेसका क्षेत्रिय सभापती टेक प्रसाद भण्डारीले १२ हजार ६ सय ३८ मत पाए। प्रदेश क मा ४१ हजार २ सय ८३ मत खसेको थियो। ती मध्ये  २ हजार २ सय ३५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नौ बहिनी ४ का रिजालले २०३६ साल देखि राजनितीक यात्रा थालेका हुन। २०५४ सालको स्थानीय निकाय चुनावमा उनि जिबिस उपसभापतीमा बिजयी भएका थिए।
उनि एमालेका निवर्तमान जिल्ला अध्यक्ष समेत हुन।प्रदेश ख मा माओबादि केन्द्रका जिल्ला सँयोजक कृष्णध्वज खडकाले काग्रेसका उम्मेद्धवार अमर प्रसाद भण्डारीलाइ १३ हजार ७ सय ४२ मतान्तरले पराजित गरे।खडकाले २७ हजार ९ सय १० मत पाए ।काग्रेस जिल्ला सभापती समेत रहेका भण्डारीले १४ हजार १ सय ६८ मतमा चित्त बुझाए। प्रदेशसभा ख मा कुल ४७ हजार ७ सय २९ मत खसेको थियो। ती मध्ये २ हजार ९ सय ३१ मत बदर भएको मुख्य निर्वाचन अधिकृत सेनले बताए। प्यूठान नगरपालिका स्थित बिजुवार पुण्र्यखोला निवासी खडका २०७० सालको चुनावमा पराजित भएका थिए।
उनले दोश्रो पटक सफल्ता हाता पारेका हुन।