सिरहा १ बाट कांग्रेसका प्रदीप गिरी निर्वाचित



सिरहा । सिरहा क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप गिरि विजयी भएका छन् ।

गिरीले २३ हजार ९ सय ५१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गंगाप्रसाद यादवले २१ हजार ३ सय ७१ मत प्राप्त गरेका छन् ।

यस्तै, क्षेत्र नं १ प्रदेश ‘ख’ मा नेकपा एमालेका अशोक यादव विजयी भएका छन् । उनले ११ हजार १ सय १० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका राजु गुप्ताले १० हजार ६ सय ८ मत ल्याएका छन् ।

यसैगरी, क्षेत्र नं २ प्रदेश ‘ख’ मा नेकपा एमालेका मदनसेन प्रसाद श्रीवास्तवले ११ हजार ६९६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तपेश्वरी महतो कोइरीले सात हजार ३६ मत प्राप्त ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्