वामगठबन्धनले मुगुमा कांग्रेसको जरा उखेल्न सकेन

0
Shares

नेपाल समाचारपत्र, मुगु ।
प्रतिनिधि सभाको लागि १ मात्र निर्वाचन क्षेत्र रहेको मुगुमा समानुपाति तर्फको मत गणना पनि सकिएको छ । जस अनुसार प्रदेस सभा तर्फ नेपाली कांग्रसले ६७९२ मत प्राप्त गरेको छ भने नेकपा एमाले ६५९२ मत ल्याएको छ । यस्तै माओवादी केन्द्र ले ५७२० र राजपाले २८९ मत बटुल्न सफल भएका छन् । यस्तै राप्रपा प्रजातान्त्रिकले ५७० मत, संघिय समाजवादी फोरम नेपालले ११७ मत लगायतका अन्य साना दलले पनि झिनो मत प्राप्त गरेका छन् । यसरी मुगुमा प्रतिनिभिसभामा कांग्रेस विजयी भएको छ ।

जिल्ला भरी नै जम्मा २३५९९ मत खसेको थियो । प्रदेश सभाकोलागि क केन्द्रमा नेपाली कांग्रेसले ३,१५७ , एमालेले २७४२ मत, माओवादी केन्द्रले १९१७ मत र राप्रपा लगाएतका साना दलले पनि झिनो मत प्राप्त गरेका थिए । साथै प्रदेश ख बाट नेपाली कांग्रेसले २६८० मत, नेकपा एमाले १५९८ मत, माओवादी केन्द्रले ५३९६मत, समाजवादी फोरम नेपालले ९३ लगाएतका साना दलले पनि थोरै मत प्राप्त गरेका थिए ।

२२ गते ५ बजेबाट समानुपातिकको मतगणना सुरु भएको मुगुमा २४ गते राति ३ बजे मत गणना सकिएकको मुगुका मुख्य निर्वाचन अधिकृत ज्वाहर प्रसाद सिहले बताउँनु भयो ।