कांग्रेसलाई नजिताए मुलुक हिंसामा फस्ने देउवाको चेतावनी

0
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धम्कीपूर्ण अपिल जारी गरेका छन । गृहमन्त्रीको समेत जिम्मेवारी लिएका देउवाले आज साँझ एउटा अपिल सार्वजनिक गर्दै नेपाली कांग्रेसले नजिते मुुलुक हिंसा र अशान्तिको दुष्चक्रमा फस्ने चेतावनी दिएका छन । प्रधानमन्त्रीले जारी गरेको अपिलको विषयलाई लिएर सामाजिक सञ्जालमा समेत चर्को आलोचना भएको छ । मुलुकको प्रधानमन्त्री जस्तो व्यक्तिले निर्वाचनको मौन अबधि सुरु हुनु केही घण्टा अघि यसरी चेतावनीयुक्त विज्ञप्ति जारी गर्दै मत मागेको भन्दै धेरैले आपत्ति जनाएका छन । देउवाको अपिलले चुनावमा पराजय व्यहोर्दा कांग्रेस हिंसात्मक बन्न खोजेको हो कि भन्ने आशंका समेत जनामाएको छ ।