कमेडियन भारतीको बिहेमा गोवा पुगेका कपिल बेपत्ता !

0
Shares

एजेन्सी । कमेडियन कपिल शर्मा बेपत्ता भएको खबरले अहिले मिडियामा सनसनी मच्चाइरहेको छ । कमेडियन साथी भारती सिंहको बिहेमा सहभागी हुन गोवा पुगेका कपिल बिहे कार्यक्रममा भने देखिएका थिएनन् । पछिल्लो समय यो घटनामा आश्चर्यजनक खुलासा भएको छ । भारतीको बिहेको ‘इभेन्ट म्यानेजमेन्ट’ कम्पनी सूत्रका अनुसार कपिल आइतबार बिहानै गोवा पुगेका थिए । तर, उनले बिहेमा अर्का कमेडियन सुनिल ग्रोवर पनि भएको थाहा भएपछि बिहेमै नगइ बेपत्ता भए । सुनिल शनिबार नै गोवा पुगेका थिए र भारती–हर्षको ककटेल पार्टीमा सहभागी थिए । त अर्को दिन बिहे र रिसेप्सनको कार्यक्रममा उनी पनि बेपत्ता रहे । सुनिल पनि शनिबार र आइतबारको समय लिएर गोवा पुगेका थिए । तर उनले पनि आइतबार कपिल त्यहाँ आउने थाहा पाएपछि बेपत्ता भएको बताइएको छ । झगडा भएको लामो समयपछि पनि कपिल र सुनिलले एक अर्काको अगाडि पर्न नचाहनुले कपिलले केही समयअगाडि सुनिलसँग अर्को शो ल्याउने कुरा गफमात्रै भएको पुष्टि भएको छ ।