घरमै पुगेर जनताको काम !

0
Shares

धनवीर दाहाल, रुकुम । रुकुम पुर्वको सिस्ने गाँउपालिका वडा नं २ ले एकिकृत घुम्ती सेवा सुरु गरेको छ । जनताको घर घरमै पुगेर जनताले कार्यालय पुगेर लिनुपर्ने सेवालाई आफ्नै घरमै पाएपछि स्थानीयबासी खुसी भएका छन् । स्वास्थ्य चेक जाँच, नागरिकता सिफारिस, सामाजिक सुरक्षा भत्ता लगाएतका वडा कार्यालयले गर्ने सबै काम घरघरमा पुगी दिन सुरु गरिएको छ । वडा अध्यक्ष जिवन के.सीको पहलमा सो एकिकृत घुम्ती शिविर सञ्चालन गरिएको हो । निकै उर्जासिल युवा के.सीले जनतालाई आफ्नो सेवा प्रभाह गर्नका सो शिविर संचालन गरेका हुन् ।

आफु निबार्चित भएदेखी अत्यन्तै दुर्गम सो प्वांग गाँउको वडा कार्यालयमा इन्टरनेट सेवा सुचारु गरी सो ठाँउको सेवा प्रवाहलाई सार्वजनिककरण गरेका के.सीले नागरिक बडापत्र निमार्ण तथा जनताका दैनिक सेवालाई प्रभावकारी बनाउँदै आएका थिए । यस पटक दुर्गम ठाँउमा पुगेर घुम्ती शिविर संचालन गरेपछि स्थानीयबासी झनै खुसी भएका छन् । सिस्ने गाँउपालिकाको वडा नं २ प्वांग दुर्गम वडा पर्दछ । छरिएर रहेका बस्तीहरुमा पुगेर सेवा प्रवाह भइरहेको वडा अध्यक्ष के.सीले नेपालसमाचारपत्रलाई बताए ।