रक्षामन्त्री भिमसेन दास प्रधानको घर बाहिर शक्तिशाली बम विस्फोट


काठमाडौं । रक्षामन्त्री भिमसेन दास प्रधानको घर बाहिर शक्तिशाली बम विस्फोट भएको छ । नेपाली कांग्रेसका नेता समेत रहेका प्रधानको ठमेलस्थित घरमा दुई वटा वम फेला परेको छ ।

महानगरी प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रवक्ता समेत रहेका एसएसपी पुर्णचन्द्र जोशीले रक्षामन्त्री प्रधानको घरको गेटमा दुई वटा वम भेटिएको पुष्टी गरे ।
नेपाली सेनाको वम डिस्पोजल टोली घटनास्थल पुगिसकेको छ ।  सेनाले एउटा वम डिस्पोज गरिसकेको छ ।

प्रधानको घरको गेटमा नै वम भेटिएपछि स्थानिय वासिन्दा त्रसित भएका छन् ।  निर्वाचन नजिकै आउदा काठमाडौ उपत्यकामा बम विस्फोटनका घटना बढीरहेका छन् ।