अवैध १० किलो सुनसहित पक्राउ

0
Shares

काठमाडौं, (नेस)
रसुवाको केरुङ नाका हुँदै काठमाडौंतर्फ ल्याउँदै गरिएको अवैध सुन प्रहरीले बरामद गरेको छ। काठमाडौं प्रहरी परिसरले बालाजु बाइपासबाट सिन्धुपाल्चोक घर बताउने फुल्टिङ तामाङलाई १० किलो सुनसहित पक्राउ गरेको हो।

मोटरसाइकलको साइलेन्सरको पाइपभित्र लुकाएर काठमाडौं ल्याउँदै गरेको अवस्थामा सुरक्षा चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको हो। यस विषयमा प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ।