उद्योग राज्यमन्त्री रेशमबहादुर लामा पार्टीबाट निष्काशित

0
Shares

काठमाडौं । उद्योग राज्यमन्त्री रेशमबहादुर लामालाई आफ्नै पार्टी राप्रपा (प्रजातान्त्रिक)ले पार्टीबाट निष्काशित गरेको छ । सो पार्टीले लामालाई राज्यमन्त्री पदबाट समेत हटाउन सरकारलाई सिफारिस गरेको छ । पार्टीका महामन्त्री समेत रहेका लामालाई अध्यक्ष पशुपति शम्शेर राणाले पार्टीबाट निष्काशित गरेका हुन् । लामाले पार्टी हित र लोकतान्त्रिक गठबन्धन विपरीत काम गरेको भन्दै उनलाई कारबाही गरिएको राणाले जनाएका छन् ।