प्रकाशमान सिंह, गगन थापा र पशुपति शरमशेरको चुनावी सभामा शक्तिशाली बम विष्फोट


काठमाडौं । प्रकाशमान सिंह, गगन थापा र पशुपति शरमशेर जवराको चुनावी सभामा शक्तिशाली बम विष्फोट भएको छ । कांग्रेसका महामन्त्री प्रकाशमान सिंह र पूर्व स्वास्थ्य मन्त्री गगन थापा र राप्रपाका नेता पशुपति शरमशेर जवराले सम्बोधन गर्ने चुनावी सभालाई लक्षित गरी बम विष्फोट गराइएको छ । ललितपुर क्षेत्र नम्बर १ को नेपाली कांग्रेसको चुनावि सभामा बम पड्केको आमसभा स्थलमा रहेका सहकर्मी सुरेश तामाङले जानकारी दिएका छन । चुनावी सभा नजिकै दक्षिण पूवी साईट २०० मीटर पर शक्तिशालि प्रेसर कुकर बम पड्केको प्रहरीले जानकारी दिएको छ । रुखमा झुण्ड्याइएको बम
कार्यक्रम शुरु हुनु भन्दा आधा घण्टा अगाडी पड्केको र मानवीय क्षति नभएको बताइएको छ ।