मधेश आन्दोलनमा आधारित वृत्तचित्र विमोचित

0
Shares

 

राजविराज । तराई–मधेशमा २०७२ सालमा छ महिनाभन्दा बढीको लामो समय चलेको आन्दोलन र मलेठ घटनालाई समेटेर तयार पारिएको वृत्तचित्र यहाँ विमोचन गरिएको छ ।

नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष श्रवणकुमार देवको अगुवाइमा बनेको वृत्तचित्र महासंघ सप्तरीमा शुक्रबार शहीद परिवारले विमोचन गरेको हो । ‘राज्य पक्षके दमने दमन’ नाम दिइएको उक्त वृत्तचित्रमा २०७२ सालको आन्दोलनमा सप्तरीसहित तराई–मधेशका जिल्लामा राज्य पक्षले गरेको भनिएको दमनका घटना समावेश गरिएको छ ।

वृत्तचित्रमा देवसहित करुणा झाको स्वर छ । समीक्षक विष्णुकुमार मण्डलले वृत्तचित्र दस्तावेज भएको बताउँदै शहीद परिवारलाई राज्यले अहिलेसम्म उचित सम्बोधन गर्न नसकेको र नेताहरुले पनि यसैलाई भ¥याङ बनाएर राजनीति गर्न खोजेको आरोप लगाउनुभयो । वरिष्ठ पत्रकार अनिलकुमार अनलले वृत्तचित्रले आन्दोलनलाई ताजा राख्दै राज्य पक्षले गरेको दमनलाई प्रस्फुटन गरेको बताउनुभयो ।